सुचना, समाचार र मनोरन्जन

चलचित्र पत्रकार सङ्घ नेपाल कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत

पोखरा,

चलचित्र पत्रकार सङ्घ नेपाल कास्की शाखाको छैटौँ अधिवेशनबाट अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत चयन भएका छन् । शनिबार पोखरामा भएको अधिवेशनले बस्यालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। उपाध्यक्षमा गौरव त्रिपाठी, सचिव सुरेश सुनार, सहसचिवमा सिद्धार्थ गौतम र कोषाध्यक्षमा सुरक्षा श्रेष्ठ रहेका छन । सदस्यमा राकेश गुरुङ, प्रेम थापा, विनिता सुनार, सुरज थापा, सागर ढकाल, सुष्मा नेपाली, अभिनन्दन बजिमय र नारायण पौडेल चयन भएको निर्वाचन समिति सदस्य एवं सङ्घका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा आशिष पुरी र मिलन थापा छानिएका छन्। निर्वाचित समितिको कार्यकाल ३ वर्षको हुनेछ ।

नवनिर्वाचित कार्यसमितिलाई सङ्घका केन्द्रीय अध्यक्ष एवं निर्वाचन समिति संयोजक समीर बलामीले शनिबार नै पद तथा गोपनीयताको शपथ गराएका थिए । अधिवेशनको गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले उद्‌घाटन गरेका थिए। उद्‌घाटन सत्रमा चलचित्र पत्रकार सङ्घ नेपालका अध्यक्ष समीर बलामी, गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारी, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव प्रसाद बराल, चलचित्र पत्रकार सङ्घ नेपाल कास्की शाखाका संस्थापक अध्यक्ष श्रीराम सिग्देल, पूर्व अध्यक्ष अरुण गिरी, नवनिर्वचित अध्यक्ष  सन्तोष बस्याल लगायतबोलेका थिए ।

बन्दसत्रमा सचिव बस्यालको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सुरक्षा श्रेष्ठको आर्थिक प्रतिवेदन सुझाब सहित पास गरिएको थियो । लामो समय नेतृत्व विहीन भएको कास्की शाखाको अधिवेशन गत भदौमा तय गरिएको भएपनि जेनजी आन्दोलनले स्थगित हुन पुगेको थियो । २०६० असार २२ मा तदर्थ समितिको रुपमा सङ्घमा हाल सदस्य सङ्ख्या ८७ पुगेका छन् ।

Leave A Reply

Your email address will not be published.