सुचना, समाचार र मनोरन्जन

बिन्दु परियार र आश्मान केसीको ‘च्वाप्प मोई’ : नयाँ पुस्ताको ऊर्जा बोकेको म्युजिक भिडियो

काठमाडौँ :

गायिका बिन्दु परियार र गायक तथा र्‍यापर आश्मान केसी को स्वर रहेको नयाँ नेपाली गीत ‘च्वाप्प मोई’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। २०८२ सालको नयाँ नेपाली गीतका रूपमा सार्वजनिक भएको यस भिडियोले आधुनिक संगीत र युवापुस्ताको स्वादलाई समेटेको छ।

‘च्वाप्प मोई’ गीतमा बिन्दु परियार को गायन तथा संगीत रहेको छ भने गीतका शब्द र र्‍याप आश्मान केसी ले लेखेका छन्। आश्मान केसीले नै भिडियोको निर्देशनसमेत गरेका छन्। गीतको एरेञ्ज, मिक्सिङ र मास्टरिङ बिमल छिनाल ले गरेका हुन्। डाइनामिक स्टुडियो मा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट लक्ष्मण सेन्चुरी हुन्। म्युजिक भिडियोमा कलाकारका रूपमा बिन्दु परियार र आश्मान केसी स्वयं देखिएका छन्।

भिडियोको छायांकन मेघनाथ चौधरी (DOP) ले गरेका छन् भने सम्पादन तथा रङ संयोजन मिलन विश्वकर्मा ले गरेका छन्। सहायक सम्पादकको रूपमा मञ्जिल परियार जोडिएका छन्। कोरियोग्राफी रोशन विश्वकर्मा ले गरेका हुन्। मेकअप आर्टिस्ट बिमला तामाङ र भ्यालेन्टिनो द बुटिक को वेशभूषाले भिडियोको प्रस्तुतिलाई थप आकर्षक बनाएको छ।

नयाँ शैली, आधुनिक बीट र युवामैत्री प्रस्तुति बोकेको ‘च्वाप्प मोई’ ले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ। भिडियो अहिले युट्युबमार्फत सार्वजनिक भइसकेको छ।

गायिका परियारको यसअघि ‘ छक्का पञ्जा’ फिल्ममा समावेश ‘पहिलो नम्बरमा ’,‘पर्ख पर्ख मायालु’ ,‘म के गरुँ’,‘ दिलको राजधानी ’ लगायत गीत चर्चामा रहेका छन्।

Leave A Reply

Your email address will not be published.