सामाजिक सञ्जालमा भाईरल बन्न मुख्य पात्र सौगात मल्ल (गोर्खे)ले गर्ने संघर्ष र अनौठा हर्कतको कथा सिनेमाभित्र समेटिएका छन् । यो सिनेमामा सौगातले अभिनेत्री सृष्टि श्रेष्ठसँग जोडी बाँधिएको छ। ‘भाइरल गोर्खे’को रोचक र मर्मस्पर्शी ट्रेलरले दर्शकमाझ सिनेमाप्रति उत्साह पैदा गर्न सफल हुने देखिन्छ।
सौगातले सिनेमामा एक्सन स्टार शिव श्रेष्ठजस्तै चर्चित बन्ने सपना बोकेको पात्रले समाजिक टिकटकमा धेरै भ्यूज पाउन जोखिम मोलेर अनौठा हर्कत गर्दा चर्चित हुन्छ। तर, उसले वास्तविक जीवनमा यथार्थको सामना गर्नुपर्दा रिल र रियल लाइफबीचको अन्तरविरोधमा मुख्य पात्र कसरी अघि बढ्छ भन्ने कथा सिनेमामा देखाइएको छ। सामाजिक सञ्जालमा भाइरल बन्ने पछिल्लो समय नेपाली समाजमा हुर्किएको प्रवृत्तिलाई व्यंग्य र प्रश्न गदै सिनेमा निर्माण गरिएको हो।
अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको सिनेमाका सह-निर्माता निर्भाना फिल्म स्कुल,भुवन अधिकारी र निखिल पौडेल हुन्। अमर महर्जनको सिनेमाटोग्राफी रहेको सिनेमालाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो। ‘भाइरल गोर्खे’को वितरक सुनिल मानन्धर, द्वन्द निर्देशक श्री श्रेष्ठ, एडिटर बन्दे प्रसाद,रवि चौधरी, भीम विश्वकर्मा हुन। यसअघि ‘छड्के’, ‘लालपूर्जा’ र ‘छड्के २’ जस्ता सिनेमा निर्देशन गरिसकेका निगम श्रेष्ठले ‘भाइरल गोर्खे’ निर्देशन गरेका हुन् ।