काठमाडौँ :
भुवन लोहनीको रचनामा तयार भएको नयाँ आधुनिक गीत ‘जुनसँग के दाँजुर…’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। लोकप्रिय गायक राजेश पायल राईको स्वर रहेको यो गीत नयाँ वर्ष २०२६ को पूर्वसन्ध्यामा ओएसआर डिजिटल युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो।
केही वर्षयता अमेरिकामा बस्दै आएका म्युजिक भिडियो मोडल भुवन लोहनी पछिल्लो समय गीत लेखनमा सक्रिय रहँदै आएका छन्। यो गीत उनको रचनामा तयार भएको तेस्रो कृति हो। गत महिना नेपाल आएको अवसरमा गीतको भिडियो लमजुङमा छायांकन गरिएको थियो।
गीतमा दीपक शर्माको संगीत, साहस शास्यको संगीत संयोजन तथा किशोर थापाको मिक्सिङ र मास्टरिङ रहेको छ। भिडियोमा नव मोडल अर्विसा थापासँगै गीतकार स्वयं भुवन लोहनीले अभिनय गरेका छन्। लमजुङका सुन्दर प्राकृतिक दृश्य र हिमाली सौन्दर्य समेटिएको भिडियो आकर्षक बनेको छ। भिडियोकी निर्माता सविता घले मोहनी हुन् भने निर्देशन तथा छायांकन कृष्णबहादुर थापाले गरेका छन्। गीतको भावअनुसार दृश्य संयोजन गर्दै निर्देशक थापाले भिडियोमा सौन्दर्यपूर्ण प्रस्तुति दिएका छन्।