
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
- सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा
- विपत्को छाँया र महँगीको मारमा दसैँ: सादगी, आत्मीयता र साझा उत्तरदायित्व
- कृषि पर्यटन गीत प्रतियोगिताको उपाधि पोखरा–१४ को ज्येष्ठ नागरिक भजन समूहलाई
- आज असोज ३१ गते शनिबारको राशिफल हेर्नुहोस
- नेपालको कृषि रूपान्तरणको चरणमाः कृषि विज्ञ
- बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव
- नवरात्रि : चेतनाको शुद्धीकरण र दिव्यत्वतर्फको महायात्रा
- प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ: विभिन्न निकायमा ६११ जनाको नियुक्ति
- मन्त्रिपरिषद निर्णयः विपद् प्रभावित परिवारलाई मासिक १५ हजार, तोकियो गहुँको समर्थन मूल्य
प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूतको शिष्टाचार भेट
काठमाडौँ,
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेट गरेका छन ।
आज अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटका अवसरमा बासले नेपालको प्रथम महिला प्रधानन्यायाधीश र प्रथम महिला प्रधानमन्त्रीको रुपमा इतिहास बनाउनुभएकोमा बधाइ ज्ञापन गर्दै सफलताको शुभकामना दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्दै नेपाल–इजरायल बीचको मित्रवत् सम्बन्ध ६५ वर्ष पूरा भएकामा खुसी व्यक्त गरे । त्यसैगरी दुई मुलुकबीचको मित्रवत् सम्बन्धलाई नयाँ उचाइमा पु(याउन दुवै तर्फबाट प्रयास जारी राख्नुपर्ने धारणा व्यक्त गरे ।

राजदूत बासले नेपाल र इजरायलको सम्बन्ध सुमधुर रहेको जनाउँदै यसलाई थप प्रगाढ बनाउन प्रतिबद्ध रहेको जानकारी गराए । साथै, हालै मात्र दुई मुलुकबीचको श्रम आप्रवासनसम्बन्धी सम्झौता तथा सोको कार्यान्वयनसम्बन्धी ‘प्रोटोकल’हरु पारित भएकामा नेपाल सरकारप्रति धन्यवाद व्यक्त गर्दै यसले नेपाली कामदारको इजरायलमा रोजगारीको अवसरलाई कानुनी आधार उपलब्ध हुने जानकारी गराएका छन ।
प्रधानमन्त्रीले नेपाली नागरिकलाई रोजगारीको अवसर उपलब्ध गराएकामा इजरायल सरकारलाई धन्यवाद दिँदै वर्तमान सरकारको प्रमुख प्राथमिकता प्रतिनिधिसभाको निर्वाचन रहेको जानकारी गराए । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।
भेटका अवसरमा दुवै पक्षबाट नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५औँ वर्षगाँठका अवसरमा केही थप महत्वपूर्ण कार्यको थालनी गर्ने कुरामा जोड दिइएको थियो ।