
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- जलविद्युत् र चिसो हावापानी उपयोग गरेर नेपालमा एआई डाटा सेन्टर बनाउन सकिने
- पोखरामा मौलिक देउसीभैलो उत्सव आयोजना हुँदै, उत्कृष्ट टोलीलाई २५ हजार
- लक्ष्मीपूजाको दिन बिजुलीको अधिकतम माग झण्डै १ हजार ७०० मेगावाट रहने अनुमान
- पशुपन्छीसँगको आत्मीयता हाम्रा चाडपर्वहरूको सुन्दर पाटो हो: प्रधानमन्त्री शाह
- आज कार्तिक कृष्ण त्रयोदशी, आयुर्वेदका प्रवर्तक धन्वन्तरि जयन्ती
- धार्मिक यात्राको पुण्य सामाजिक सेवामा जोड्दै योगेश गुरुङ्ग
- निरुता र उत्तमको अभिनय रहेको ‘सारथी’को गीत सार्वजनिक
- फ्राइडे रिलिजमा ‘पाँच पाण्डव’
- ‘सिन्दुरे जात्रा’को फर्स्ट लुकमा रोहिरहेका विजय र अञ्जना
- स्रष्टा र सर्जकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार
गण्डकीमा महिलाको उम्मेदवारी कम
गण्डकी,
गण्डकी प्रदेशमा आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा महिलाको उम्मेदवारी कम परेको छ । हिमाल पारीका जिल्ला मनाङ, मुस्ताङदेखि नवलपुरसम्म ११ वटा जिल्लामा फैलिएको गण्डकी प्रदेशमा १८ वटा निर्वाचन क्षेत्र कायम गरिएको छ ।
प्रदेशभित्रका निर्वाचन क्षेत्रअन्तर्गत कास्कीका तीनवटा क्षेत्रमध्ये क्षेत्र नं १ मा १७ जनाको उम्मेदवारी परेकामा एक जना मात्रै महिला उम्मेदवार हुनुहुन्छ । क्षेत्र नं २ मा १७ जना उम्मेदवारमा एक जना महिला र क्षेत्र नं ३ मा १५ जना उम्मेदवारमध्ये तीन जना महिलाको मात्रै उम्मेदवारी परेको छ ।

दुई वटा निर्वाचन क्षेत्र भएका जिल्लामध्ये स्याङजा क्षेत्र नं १ र २ मा क्रमशः १३ र १५ जनाको उम्मेदवारी परेकामा दुवै क्षेत्रमा एक जना महिलाको पनि उम्मेदवारी परेको छैन । नवलपुर (बर्दाघाट सुस्ता पूर्व) को क्षेत्र नं १ र २ मा १८र१८ जनाको उम्मेदवारी परेकामा क्रमशः दुई र पाँच जना महिलाको उम्मेदवारी परेको छ ।
गोरखाको निर्वाचन क्षेत्र नं १ मा १३ र २ मा १४ जनाको उम्मेदवारी परेकामा क्रमशः दुुई र एक जना महिलाको मात्रै उम्मेदवारी परेको छ । तनहुँको निर्वाचन क्षेत्र नं १ मा १६ र २ मा १२ जनाको उम्मेदवारी परेकामा क्रमशः तीन र एक जना महिलाको उम्मेदवारी परेको छ भने बागलुङको क्षेत्र नं १ मा १० र २ मा १२ जनामध्ये एकरएक जना महिलाको उम्मेदवारी परेको छ ।
एक/एक निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा पर्वतमा १७ जनामध्ये सातजना महिलाको उम्मेदवारी परेको छ भने म्याग्दीमा १३ जनाको उम्मेदवारी परेकामा एकजना पनि महिलाको उम्मेदवारी परेको छैन । लमजुङमा १२ जनाको उम्मेदवारी परेमा एक जना महिला हुनुहुन्छ भने मनाङमा पाँच जनाको उम्मेदवारी परेमा एकजना महिलाको उम्मेदवारी छ । मुस्ताङमा आठ जनाको उम्मेदवारी परेकामा एक जना महिलाको उम्मेदवारी परेको छ । म्याग्दीमा १३ जनाको उम्मेदवारी परेकामा एक जना पनि महिला उम्मेदवार छैनन् ।
Prev Post