सुचना, समाचार र मनोरन्जन

सुनचाँदीको मूल्यमा निरन्तर रेकर्ड, एकैदिन पाँच हजारभन्दा बढीले वृद्धि

काठमाडौँ,

स्थानीय बजारमा बहुमूल्य सुनचाँदीको मूल्य अप्रत्याशित रूपमा बढेको छ। सोमबार सुनको मूल्यमा ठूलो उछाल आएसँगै प्रतितोला तीन लाख नौ हजार रुपैयाँ कायम भएको छ।

Pach Pandav

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा पाँच हजार २०० रुपैयाँले बढेको हो। उता चाँदीको मूल्य पनि स्थिर रहेन — तोलामा २८५ रुपैयाँले वृद्धि भई छ हजार ७६५ रुपैयाँ पुगेको छ।

यसअघि आइतबार सुन तीन लाख तीन हजार ८०० रुपैयाँ र चाँदी छ हजार ४८० रुपैयाँमा किनबेच भइरहेको थियो।

Leave A Reply

Your email address will not be published.