सुचना, समाचार र मनोरन्जन

‘हेरेर पार्छु घायल’ भन्दै दर्शकमाझ आए पुस्कर र सुनिता

काठमाडौं :

गायक तथा संगीतकार पुष्कर सुनुवार र सुनिता राईको स्वरमा ‘हेरेर पार्छु घायल’ बोलको गीत रिलिज भएको छ। यस गीतलाई हालै निर्माण पक्षले युटुबमार्फत रिलिज गरेको हो।

आधुनिक, रोमान्टिक गीतको भिडियोसहित निर्माण टिमले दर्शकमाझ ल्याएको छ। पुस्कर र सुनिताको स्वरमा सजिएको यस गीतमा शब्द गायिका स्वयमको छ भने संगीत पुस्करकै रहेको छ। गीतमा एरेन्ज पनि पुस्करले नै गरेका छन्। यस गीतको मिक्सिङ र मास्टरिङ भने विप्लव अधिकारीको छ।

बहु प्रतिभाका धनि पुष्कर सुनुवार र सुनिता राईले गायनका साथसाथै गीतको भिडियोमा अभिनय पनि गरेका छन्। जहाँ उनीहरुको अभिनय सुहाउँदिलो देखिन्छ।

गीतको भाव अनुसार नै अभिनय दर्शकमाझ पस्किने गायिका सुनिताले बताईन्। उनी भन्छिन्,‘गीतको भावले दर्शकको अन्तर मनलाई छुने खाल्को छ। सायद स्रोता दर्शकले मन पराउनुहुनेछ भन्नेमा विश्वास लिएको छु।’

मरुभूमि नारायणले खिचेको यस गीतको भिडियोलाई मोहन सुनुवार ‘नबिन’ले सम्पादन गरेका छन्। यस गीतको भिडियोलाई गायक सुनुवारको आफ्नै अफिसियल युटूव च्यानबाट हेर्न सकिनेछ। साथै यस गीतको भिडियोको कााम पोस्ट प्रोडक्सन मेलोडी नेपालमा भएको हो ।

Leave A Reply

Your email address will not be published.