Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- अक्षय कुमारले गराए आँखाको शल्यक्रिया, अभिनयबाट लिए छोटो ब्रेक
- नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
- कमलको कलमबाट नयाँ गीत ‘मुया रानी’
- ‘मालती मंगले’को ग्रान्ड प्रिमियरमा रबी लामिछानेदेखि मदनकृष्णसम्मले गरे उत्कृष्ट तारिफ
- पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
- बिराज भट्टको ‘१२ गाउँ २’मा राज हमालको इन्ट्री
- ‘आँखा’लाई अमेरिकामा दुई प्रतिष्ठित ‘रेमी अवार्ड’, जौनले जिते ‘निर्देशन-क्राफ्ट’मा ‘गोल्ड अवार्ड
- हुरीका बेला सतर्कता अपनाउन आग्रह
- घरमै राहदानी पुर्याउन तयार छन् ‘हल्कारा’
- आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध
कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि, यसपाली कति खटिदै छन?
गण्डकी,
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम आइतबारदेखि सुरु हुने भएको छ ।
जिल्लामा खटिने दुई हजार ३०३ निर्वाचन प्रहरीको छनोट भइसकेको र आइतबार नियुक्ति दिएर तालिममा सहभागी गराइने सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिका सदस्यसचिव चित्राङ्गत बरालले जानकारी दिए ।
उनका अनुसार कास्कीमा वैकल्पिक सूचीमा रहेका निर्वाचन प्रहरीलाई स्याङ्जामा खटाउने तयारी भइरेहको छ । सुरुमा दरखास्त कम परेपछि दुईपटकसम्म म्याद थप गरेर निर्वाचन प्रहरीको छनोट गरिएको छ ।
निर्वाचन प्रहरीमा नियुक्ति तथा तालिमका लागि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल, नेपाल नं २४ कालिका गणमा सम्पर्क राख्न सम्बन्धित उम्मेदवारहरूलाई सूचित गरिएको छ ।
निर्वाचन प्रहरी भर्नामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट सेवानिवृत्त पूर्वसुरक्षाकर्मी, पूर्ववनरक्षक, यसअघि सम्पन्न भएका विभिन्न निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक काम गरेका व्यक्ति र विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएका नेपाली नागरिकलाई प्राथमिकता दिइएको समितिले जनाएको छ ।
अठार वर्ष पूरा भई ५४ वर्ष ननाघेको साधारण लेखपढ गर्न जान्ने व्यक्तिले निर्वाचन प्रहरीका लागि योग्य हुने व्यवस्था छ । छनोटमा परेका निर्वाचन प्रहरीलाई १० दिनसम्म तालिम दिइने समितिका सदस्यसचिव बरालले बताए ।
निर्वाचन प्रहरीको कार्यअवधि ४० दिन तोकिएको छ । निर्वाचन प्रहरीले ४० दिनको रु ३४ हजार ७७६, खाद्यान्न र पोसाकबापतको रकम, तयारी खर्च रु ८४६ र चार दिनको खाजा खर्च रु एक हजार २०० उपलब्ध गराइने भएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको उक्त समितिले निर्वाचन प्रहरी नियुक्त गर्नेछ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा निर्वाचन प्रहरीबाहेक तीनवटै सुरक्षा निकायका झन्डै दुई हजार सुरक्षाकर्मी परिचालित हुने जनाइएको छ । विभिन्न दल र स्वतन्त्र गरी ४९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।