Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- भन्सारमा कडाइपछि सुनौली क्षेत्रमा नेपालतर्फ व्यापार–व्यवसाय चलायमान
- लिपुलेक हुँदै कैलाश मानसरोवरको यात्रा सञ्चालनमा भारत–चीनको सहमतिप्रति कांग्रेसको आपत्ति
- पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
- सरर भिलेज सफारीः लाहुरेको गाउँ रुम्सी
- एकल महिलाले विवाह गरेमा पूर्व श्रीमानबाट पाएको सम्पत्ति फिर्ता गर्नु नपर्ने
- बैशाख २२ गते मंगलबारको राशिफल
- भाटभटेनीको पोखरा स्टोर पुनः सञ्चालनमा
- गणेश गुरुङको ‘पियारी’ : गोरखा–तनहुँको मौलिक धुन बजारमा
- बीपी राजमार्गको काभ्रे खण्डमा गाडी चलाउन रोक
- पल र विपनाको ‘आ बाट आमा २’को शुभमुर्हूत गरियो
पर्वतका झन्डै आधा मतदानस्थल अति संवेदनशील
पर्वत,
प्रतिनिधिसभा निर्वाचन आउन अब करिब एक महिना बाँकी छ । राजनीतिक दलहरु र उम्मेदवार चुनावी मैदानमा उत्रिसकेका छन् ।
निर्वाचन आयोग र सरकार चुनावको सघन तयारीमा छ । मतदानको दिन नजिकिँदै जाँदा सुरक्षा चुनौतीलाई हेरी मतदानस्थललाई तीन भागमा विभाजन गरी सुरक्षा प्रबन्धको तयारी भएको छ । पर्वतका झन्डै आधा मतदानस्थल अति संवेदनशील सूचीमा राखिएको छ । ७६ मतदानस्थलमध्ये ३५ लाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक तुलबहादुर कार्कीले अतिसंवेदनशील मतदानस्थलमा विशेष सुरक्षा व्यवस्था गरिने बताउनुभयो । मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन तहमा वर्गीकरण गरिएको हो । उहाँका अनुसार प्रदेशभरिमा ३२८ मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेकामा पर्वतमा ३५ वटा परेका हुन् ।
चुनावमा जोखिम मूल्याङ्कनका आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, म्यादी प्रहरी र नेपाली सेना परिचालन गर्ने गरिएको छ । जेलबाट भागेका कैदीबन्दी, फिर्ता नआएका हतियार, विकट भौगोलिक अवस्था, चुनावमा हुनसक्ने विवाद, दहरुबीच हुनसक्ने झगडा र विगतका अवस्थालाई मूल्याङ्कन गरी मुख्य चुनौती मान्ने गरिएको छ ।
यहाँ निर्वाचनमा खटिने कर्मचारी व्यवस्थापनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभयो। म्यादी प्रहरीलाई तालिम र कर्मचारी तथा शिक्षकबाट निर्वाचनमा खटिने जनशक्ति तयारीमा लागेको उनले बताए ।
आगामी निर्वाचनका लागि पर्वतमा १३ राजनीतिक दलबाट १३ जना उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । त्यसमध्ये शीर्ष चार दलबीच प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी मुख्य प्रतिस्पर्धि दल हुन् । सबै राजनीतिक दलहरुले गाउँ केन्द्रित चुनावी अभियानलाई अघि बढाएका छन् ।
आगामी निर्वाचनका लागि यहाँ एक लाख २५ हजार ४६६ मतदाता, ७६ मतदानस्थल र १५१ मतदान केन्द्र रहेका छन् ।