सुचना, समाचार र मनोरन्जन

फलेवासमा गहुँ र तोरीको बीउ उत्पादन हुँदै

 

पर्वत : स्याङजा बीउ स्रोत केन्द्र र राष्ट्रिय गहुँ अनुसन्धान केन्द्र भैरहवाको सहयोगमा फलेवास नगरपालिकामा तोरी र गहुँको बीउ उत्पादन प्रारम्भ भएको छ।

 

फलेवास नगरपालिका–६ को चौबिस कुरिया र सात कुरिया फाँटमा यहाँ आठ प्रजातिका गहुँ र लुम्ले–१ नामको तोरीको बीउको उत्पादन थालिएको हो।

 

स्थानीय शक्ति कृषि फार्मको मूल संयोजनमा १५ जना किसानको सहभागितामा बीउ उत्पादन भइरहेको अगुवा किसान रमेश चापागाईँले जानकारी दिए।

 

“सात कुरिया र चौबीस कुरिया फाँटमा २०० रोपनीमा लुम्ले–१ तोरीको मूलबीउको खेती भइरहेको छ। अन्य क्षेत्रमा हिउँदे आलु, केराउ,तथा मुसुरो लगाइएको छ। हिउँदमा पहाडी भेगमा लगाउन सकिने जातका आठ प्रजातिको गहुँमा अनुसन्धान भइरहेको छ”, उनले भने।

Leave A Reply

Your email address will not be published.