पोखरा,
आहा रारा गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । सहारा क्लबले पोखरा रंगशालामा आयोजना गर्न लागेको २५ औं आहा रारा पोखरा गोल्डकपलाई पहिलो पटक ‘पोर्टेबल फ्लड लाइट’ को सहायतामा सन्ध्याकालीन खेल खेलाउने जमर्को गरेको छ ।
२७ माघदेखि ९ फागुनसम्म हुने गोल्डकपमा ३ विदेशीसहित १२ टिम सहभागी हुँदै छन् । प्रतियोगितामा नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मर्स्यांदी क्लब, नेपाल एपीएफ क्लब, प्लानिङ ब्वाइज युनाइटेड, जावलाखेल युथ क्लब, मछिन्द्र फुटबल क्लब, आयोजक सहारा क्लब, उज्वेकिस्तानको आभा फुटबल क्लब, हङकङको गोर्खा इन्टरनेसनल फुटबल क्लब, भारतका थन्डरबोल्ड नर्थ युनाइटेड (सिक्किम) र अर्को एक टिम सहभागी हुनेछन् ।
सहारा क्लबका अध्यक्ष केशव थापाका अनुसार खेलको पहिलो हाफ उज्यालोमै खेलाइनेछ भने दोस्रो हाफमा मात्रै फ्लड लाइट प्रयोग हुनेछ । अस्थायी फ्लड लाइड ३५ फिट उचाइको छ । यसअघि विराट गोल्डकपमा समेत उक्त फ्लड लाइट राखिएको थियो । फ्लड लाइटको व्यवस्थापन इनरुवाको फूलबारी क्रिकेट क्लबले गर्छ ।
अनुभव पनि पनि हुनेछ,’ अध्यक्ष थापाले भने, ‘सरकारलाई पनि पोखरा रंगशालामा स्थायी फ्लड लाइट राख्न दबाब पुगोस् भन्ने पनि उद्देश्य हो ।’

यस वर्ष आहा रारा गोल्डकपको रजत वर्ष भएकाले प्रतियोगितालाई विशेष बनाउन आयोजक क्लव जुटेको छ । आयोजकले यस वर्ष पुरस्कार राशि वृद्धि गरेर उपाधि विजेताले १४ लाख र उपविजेताले ७ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्सका प्रबन्ध निर्देशक प्रकाश केसीले रारा चाउचाउ र आहा रारा गोल्डकप दुवैलाई दर्शकको अपार साथ र हौसला मिलेको भन्दै आभार व्यक्त गरे । र आउँदा वर्षहरुमा पनि निरन्तर सहकार्यमा रहने बताए ।
