Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- गीता अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’
- आँचल शर्मा भावुक : ‘एक मुठ्ठी बादल’को गीतमा विवाहअघि युवतीको मनोभाव
- ‘रोल नं १’को गीत ‘म्याग्दी रुमाले’मा विनोदले कसलाई राखे प्रेमप्रस्ताव
- ‘सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयास जारी छ’
- एकदिवसीय अभ्यास शृङ्खलामा नेपाल ‘ए’ को लगातार दोस्रो जीत
- तालचोक-बेगनास सडकः तेस्रोपटक म्याद थप
- माइतीघरमा सुकुम्वासीको नाराः ‘हुनुपर्छ चमेली सबैलाई बराबर’
- मनसुन पूर्वानुमान अझ प्रभावकारी बनाउन अनुसन्धान र प्रविधिमा जोड
- १५ कारोबार दिनपछि दोहोरो अङ्कले बढ्यो नेप्से, शेयर बजार २ हजार ७४५ विन्दुमा
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
कास्कीमा मतदानस्थलको अनुगमन जारी
गण्डकी,
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी कास्कीमा मतदानस्थलको अनुगमन गर्ने काम जारी छ । मुख्य निर्वाचन अधिकृतसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीबाट नियमित रूपमा मतदानस्थलको अनुगमन भइरहेको हो ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले सुरक्षाका दृष्टिले अतिसंवेदनशील र संवेदनशील मानिएका मतदानस्थलको अनुगमन गरिएको बताए । अनुगमनका क्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक÷सहायक प्रधानाध्यापक, स्थानीय अगुवासँग मतदानस्थलको वस्तुस्थिति बुझी आचारसंहिताको कार्यान्वयन, भौतिक पूर्वाधार, बिजुली, पानीलगायत सुविधाबारेमा स्थलगत अध्ययन गर्ने गरिएको उनले जानकारी दिए ।
सुरक्षाको प्रबन्ध, सडक पहुँचको अवस्थालगायतको निरीक्षण गरी थप सुधार तथा मर्मतसम्भारका लागि सम्बन्धित निकायमा समन्वय भइरेहेको सहायक प्रजिअ बरालले बताउनुभयो । मतदातालाई सहज रूपमा आवतजावत गर्ने व्यवस्थाका लागि बाटोघाटो मर्मतसुधारका लागि पहल गरिएको छ ।
निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्लामा सुरक्षा रणनीतिसेत तयार गरिएको छ । कास्कीमा नेपाली सेना, सशस्त्र प्रहरी बल र जनपद प्रहरीबाट गरी दुई हजार सुरक्षाकर्मी निर्वाचन सुरक्षामा खटिनेछन् । त्यस्तै, दुई हजार तीन सय तीन जना निर्वाचन प्रहरी परिचालन हुने जनाइएको छ ।