
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- जलविद्युत् र चिसो हावापानी उपयोग गरेर नेपालमा एआई डाटा सेन्टर बनाउन सकिने
- पोखरामा मौलिक देउसीभैलो उत्सव आयोजना हुँदै, उत्कृष्ट टोलीलाई २५ हजार
- लक्ष्मीपूजाको दिन बिजुलीको अधिकतम माग झण्डै १ हजार ७०० मेगावाट रहने अनुमान
- पशुपन्छीसँगको आत्मीयता हाम्रा चाडपर्वहरूको सुन्दर पाटो हो: प्रधानमन्त्री शाह
- आज कार्तिक कृष्ण त्रयोदशी, आयुर्वेदका प्रवर्तक धन्वन्तरि जयन्ती
- धार्मिक यात्राको पुण्य सामाजिक सेवामा जोड्दै योगेश गुरुङ्ग
- निरुता र उत्तमको अभिनय रहेको ‘सारथी’को गीत सार्वजनिक
- फ्राइडे रिलिजमा ‘पाँच पाण्डव’
- ‘सिन्दुरे जात्रा’को फर्स्ट लुकमा रोहिरहेका विजय र अञ्जना
- स्रष्टा र सर्जकलाई मिलाप सम्मान, खेमनाथ दाहाललाई टीका-गोपाल राष्ट्रिय गीतसंगीत पुरस्कार
चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ,
प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कति पनि चुक्न नदिनेतर्फ सतर्क रहन सुरक्षा फौजलाई निर्देशन दिएकी छिन ।
महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतमा सुरक्षा संयन्त्रहरुबीच समन्वयमा कतै त्रुटि र रिक्तता भएका रहेछन् भने अब त्यो अवस्था दोहोरिन नदिन सुझाव दिइन ।

प्रधानमन्त्री कार्कीले भनिन, “यस निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायसँग समन्वय गरी त्रुटिरहित ढङ्गले काम गर्नुहोस् ।”
निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गर्न नेपाल सरकारबाट स्वीकृत भएको ‘प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार नेपाली सेनालाई प्राप्त जिम्मेवारीहरु उत्कृष्ट ढङ्गबाट सम्पादन गर्नेमा आफू पूर्ण विश्वस्त रहेको प्रधानमन्त्री कार्कीले स्पष्ट पारिन । जनतालाई सुरक्षाको प्रत्याभूति दिँदा तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिलाई बिनाअवरोध सञ्चालन गर्ने वातावरण सृजना गर्न आग्रह गर्दै उहाँले अन्य निकायसँगको सहकार्यमा स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देशन दिएकी छिन ।
नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखका साथै पृतनापतिहरूको सहभागिता रहेको उक्त बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत गर्दै समग्र सुरक्षा व्यवस्थाको अवस्थाबारे जानकारी गराएका थिए । बैठकमा सहभागीहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझाव प्रस्तुत गर्नाका साथै समसामयिक विषयमा छलफल गर्ने सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
Prev Post
Next Post