
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजाअर्चना
- खेलकुदसँग पर्यटन जोड्दै पोखरा एभेन्जर्स, क्याम्पिङ चौरको सौन्दर्यीकरण
- शारदीय नवरात्रको नवौँ दिन : सर्वसिद्धि प्रदायक माता सिद्धिदात्रीको महिमा र पूजाविधि
- आज कात्तिक ३ गते मङ्गलबारको राशिफल हेर्नुहोस
- ‘छ माया छपक्कै-२’ : प्रेमको कथा कि राजनीतिक महाभारतको ऐना?
- मौलाकालिका मन्दिरमा दर्शनार्थीको घुइँचो
- काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा निःशुल्क बस सेवा सञ्चालन
- दसैँमा ग्यास्ट्रिकको समस्याबाट कसरी जोगिने ?
- ३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख रुपैयाँ
- दसैँ : उपत्यकाबाट करिब ५ लाख यात्रु बाहिरिए
निर्वाचन २२ दिन बाँकी: ६७४३ वटा वडामा सञ्चालन हुनेछ मतदाता शिक्षा कार्यक्रम
काठमाडौँ,
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउनका लागि आयोगले आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म देशव्यापी रुपमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
देशभरका ७५३ वटै स्थानीय तहका छ हजार ७४३ वटा वडामा नै एक÷एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।

स्वयंसेवकले मतदाताको घर, बस्तीमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । आयोगले विगतदेखि नै सबै स्थानीय तहमा एक÷एक जना सम्पर्क व्यक्ति तोक्ने गरेको थियो ।
सोही सम्पर्क व्यक्तिलाई नै मतदाता शिक्षा कार्यक्रमको अनुमगनकर्ताका रुपमा तोकेको थियो । मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने आयोगको विश्वास छ ।
आयोगले मतदाता शिक्षा कार्यक्रमका लागि सातै प्रदेश सरकार, ७५३ वटै स्थानीय तह, निर्वाचनको प्रतिस्पर्धामा रहेका राजनीतिक दल, उम्मेदवार तथा सञ्चार जगतलगायत सम्पूर्ण सरोरकारवाला सबैलाई आयोगले अनुरोध गरेको छ ।
आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका बारेमा जानकारी दिने लक्ष्यका साथ मतदाता शिक्षा कार्यक्रम अगाडि बढाउन लागेको हो ।