सुचना, समाचार र मनोरन्जन

‘प्रियतम’ लिएर आइन् प्राश्ना शाक्य, प्रेम दिवसमा नयाँ सांगीतिक उपहार

काठमाडौं :

युवा पुस्तामाझ लोकप्रिय गायिका प्राश्ना शाक्य ले प्रेम दिवसको अवसरमा नयाँ गीत ‘प्रियतम’ सार्वजनिक गरेकी छन्। शनिबार सार्वजनिक गरिएको गीतको भिडियोले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

‘बादल वर्षा बिजुली’ जस्ता चर्चित गीतमार्फत सांगीतिक क्षेत्रमा चम्किएकी प्राश्नाका ‘आवाज देउ’ र ‘गाउँले जीवन’ लगायतका गीत पनि सुपरहिट हुन्। मधुर र सशक्त स्वरका कारण उनलाई नेपाली सांगीतिक क्षेत्रमा ‘द नाइटिङ्गेल भ्वाइस’ भनेर समेत चिनिन्छ।

सानै उमेरदेखि नेपाली गीत–संगीतमा रुचि राख्दै आएकी उनले देश तथा विदेशमा आयोजना भएका विभिन्न सांगीतिक कार्यक्रममा प्रस्तुति दिँदै आएकी छन्। नयाँ गीत ‘प्रियतम’ को भिडियोमा मोडल सुदित र श्रीतिकाबीच प्रेम र समर्पणको भाव प्रस्तुत गरिएको छ।

गीतमा निर्वाण केरुङको शब्द तथा संगीत, उदयराज पौडेलको संगीत संयोजन र किशोर थापाको मास्टर मिक्सिङ रहेको छ। भिडियोको छायांकन, सम्पादन तथा निर्देशन लुःजः सिंहले गरेका हुन्। ‘प्रियतम’ म्युजिक भिडियो गायिका प्राश्ना शाक्यको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

Leave A Reply

Your email address will not be published.