सुचना, समाचार र मनोरन्जन

आठौँ सिजनको ब्युटिसियन ट्यालेन्ट नेपालको फारम खुला

काठमाडौँ :

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रा।लि। को संयुक्त आयोजनामा ब्युटिसियनहरूको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिका लागि विगत ८ वर्षदेखि सञ्चालित सौन्दर्य प्रतियोगिता ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’ को सिजन–८ सुरु भएको छ।

प्रतियोगिताको फारम अहिले खुला गरिएको छ। ग्रान्ड फिनाले आगामी चैतको अन्तिम साता काठमाडौँमा आयोजना हुने आयोजकहरूले जानकारी दिएका छन्।

यो वर्षको उपाधि विजेताले ५० हजार रुपैयाँसहित क्राउन, उपहार र विभिन्न अवसरहरू प्राप्त गर्नेछन्। फस्ट रनर अप, सेकेन्ड रनर अप लगायतलाई पनि पुरस्कार प्रदान गरिनेछ। आयोजक एवं वरिष्ठ ब्युटिसियन सोनी कारंजित का अनुसार विजेताहरूलाई म्युजिक भिडियो, टेलिफिल्म र सर्ट फिल्ममा मेकअप गर्ने अवसर र मोडलिङ अवसर समेत प्राप्त हुनेछन्।

प्रतियोगितामा ब्युटिसियन क्षेत्रका अनुभवी र नयाँ व्यक्तिहरू सहभागी हुन सक्नेछन्। क्षेत्रमै नलागेकाहरूलाई पनि प्रशिक्षण दिई फाइनलमा सहभागिता सुनिश्चित गरिनेछ। सोनीले भनिन्, “ब्युटिसियनहरूको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिसँगै उनीहरूलाई राष्ट्रिय मञ्चमा उतार्न हामीले विगत ९ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएका हौँ। कोरोनाका कारण एक वर्ष स्थगित भए पनि बाँकी हरेक वर्ष नियमित रूपमा आयोजना हुँदै आएको छ।”

प्रतियोगिताको फारम विलक्षण क्रियसन प्रा।लि।को कार्यालय ९पुतलीसडक०, रोज ब्युटी एकेडेमी कार्यालय र अन्य ब्युटी पार्लरहरूमा उपलब्ध छन्। पहिलो अडिसन यही १५ फागुन र दोस्रो अडिसन २९ फागुन निर्धारित गरिएको छ। प्रशिक्षण कार्यक्रम १ चैतदेखि सुरु हुने आयोजक डब्बु क्षत्रीले जानकारी दिए।

डब्बु क्षत्रीका अनुसार, “सामान्यतया ब्युटी पार्लर भित्र सीमित रहँदै आएका ब्युटिसियनहरूलाई आफ्नो क्षेत्रमा केही फरक प्रस्तुति दिन यो प्रतियोगिता उपयुक्त प्लेटफर्म हो। यसले उनीहरूलाई कस्टमर केयरिङदेखि सेलिब्रेटी परिचयसम्म बनाउन सहयोग पुर्‍याउनेछ।”

प्रतियोगितामा सहभागीहरूलाई गाउन र टिसर्ट, दुई साताको विशेष प्रशिक्षण समेत प्रदान गरिनेछ। प्रशिक्षणमा क्यारेक्टर मेकअप, पर्मामेन्ट ल्यासेस, ब्राइडल मेकअप, हेयर स्टाइल तथा जुरो, हेयर–केयर, स्किन–केयर, वाटर मार्भल नेल आर्ट, स्पेशल डान्स, व्यक्तित्व विकास लगायतका विषय समावेश हुनेछन्। साथै, दुई साताको क्याटवाक र ग्रुमिङ प्रशिक्षण साथै विशेष फोटो सेसन र भिडियो सेसन पनि गराइने आयोजकले बताए।

Leave A Reply

Your email address will not be published.