सुचना, समाचार र मनोरन्जन

रश्मिका–विजय विवाहमा कडा ‘नो–फोन’ नियम, पाहुनासमेत निगरानीमा

काठमाडौं :

दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दाना र अभिनेता विजय देवरकोंडा को सम्भावित विवाह समारोहलाई लिएर भारतीय मिडियामा नयाँ विवरण सार्वजनिक भएको छ। सबैभन्दा चर्चित विषय भनेको विवाहमा लागू गरिने ‘नो–फोन’ नीति हो।

रिपोर्टअनुसार विवाह स्थलभित्र कुनै पनि पाहुनाले मोबाइल फोन वा भिडियो उपकरण लैजान पाउने छैनन्। घरायसी सदस्य तथा नजिकका आफन्तलाई समेत यो नियमबाट छुट नदिइने जनाइएको छ। समारोह पूर्ण रूपमा निजी राख्न यस्तो कडा निर्णय लिइएको बताइएको छ।

यति मात्र होइन, विवाह कभर गर्ने फोटोग्राफी र भिडियो टिमले समेत गोपनीयता–सम्बन्धी सम्झौता (एनडीए) मा हस्ताक्षर गर्नुपर्ने व्यवस्था मिलाइएको खबर छ। तस्बिर वा भिडियो बाहिर चुहावट भए कडा कानुनी कारबाही हुन सक्ने चेतावनीसमेत रहने बताइएको छ।

यद्यपि, दुवै कलाकारले विवाहसम्बन्धी समाचार औपचारिक रूपमा पुष्टि गरेका छैनन्। तर ‘नो–फोन’ नीतिको खबरले सम्भावित समारोह अत्यन्तै गोप्य र सीमित दायरामा हुने संकेत दिएको छ।

Leave A Reply

Your email address will not be published.