सुचना, समाचार र मनोरन्जन

बालेनको नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नागरिकता रद्द गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको छ।

शुक्रबार काठमाडौँ– ३१ का युवराज सफलले गृह मन्त्रालयमा उजुरी दिएका हुन्। शाहले आफूखुसी थर परिवर्तन गरेकाले उनको नागरिकता रद्द गर्न सफलले माग गरेका छन्।

बालेनले २०६३ पुस ६ गते महोत्तरीबाट लिएको नागरिकतामा ‘साह’ थर भए पनि काठमाडौँको मेयर भएपछि २०७९ असार १९ गते नागरिकताको प्रतिलिपि लिँदा आफ्नो थर ‘शाह’ बनाएको उजुरीमा दाबी गरिएको छ। उनले झुटो विवरण पेश गरेर थर परिवर्तन गरेकाले नागरिकता रद्द गर्नुपर्ने जिकिर गरिएको छ।

Leave A Reply

Your email address will not be published.