सुचना, समाचार र मनोरन्जन

फागुन २९ मा आउने फिल्म ‘लालिमा’को दमदार दोस्रो टिजर (भिडियो सहित)

काठमाडौं :

नव कलाकार भनेर मात्र हुँदैन। उसको क्षमता कति छ भन्ने कुरा पर्दामा देखिनुपर्छ। कलाकारले आफ्नो क्षमता पर्दामा उतार्ने हो। यस्तै क्षमता बोकेकी अभिनेत्री देखिन्छिन् रोशनी काकीृ फिल्म ‘लालिमा’को दोस्रो टिजरमा।

निर्माण टिमले प्रचारप्रसार स्वरुप आइतबार टिजर सार्वजनिक गरेको छ। जहाँ रोशनीले फरक भुमिकाको कथामा दमदाम अभिनय गरेकी छन्। तीन हजार यौन कर्मीको अनुभव र समस्यामा आधारित रहेर बनाइएको यस फिल्मको दोस्रो टिजर शीर्ष नायिका रोशनी कार्की केन्द्रित छ ।

एक मिनेट हाराहारीको टिजरमा रोशनीसँग सुष्मा निरौला, उषा रजक र अभिनेता जीवन भट्टराई देखिएका छन्। समस्यामा परेकी रोशनीलाई सुष्मा र उषाले साथ दिएको टिजरमा देख्न सकिन्छ । कलाकार शिशिर वाङ्देल र सबिन कट्टेललाई पनि टिजरमा अटाएका छन् ।

यौनकर्मीको चरित्रमा रहेकी रोशनीको काखमा रहेको बच्चा टिजरको मुख्य आकर्षण हो । टिजरको सुरुवातमा यौनकर्मीको चरित्रमा देखिएकी रोशनीलाई अन्त्यतिर शिशुको साथमा शहर बाहिर पुगेको देख्न सकिन्छ ।

यी दृश्यले उनको चरित्रको उत्तार–चढावमार्फत् तीन हजार यौनकर्मीको जीवन जटिलता फिल्ममा देखाइएको संकेत गर्छ । फागुन २९ बाट प्रदर्शनमा आउने फिल्म ‘लालिमा’को लेखक र निर्देशक रोशन मिराज हुन् ।

फेथ आस्थाको प्रस्तुतिमा बनेको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् । नेसनल सिने ग्रुप नेपालले वितरणको जिम्मेवारी लिएको छ ।

Leave A Reply

Your email address will not be published.