काठमाडौं :
फिल्म ‘राम नाम सत्य’को पहिलो गीत सार्वजनिक गर्दै प्रचारप्रसार थालिएको छ। आइतबार निर्माण टिमले लोकशैलकिो गीत ‘धागोले बाटेको’ गीत युटुबबाट रिलिज गरेको हो।
यस सार्वजनिक गीतमा बाबुल गिरी र रचना रिमालको स्वर सुन्न सकिन्छ भने गीतलाई डाक्टर डीआर उपाध्यायले लेखेका हुन्। साथै यस गीतको संगीत गायब बाबुल गिरीकै रहेको छ।
रोमान्टिक शैलीको यो गीतमा फिल्मका मुख्य नायक विराज भट्ट र नायिका सुपुष्पा भट्टलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा विराज र सुपुष्पा रोमान्टिक देखिएका छन् ।
माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण भएको यो फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ । किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार फिल्मका कार्यकारी निर्माता हुन्। माइकल चन्दको निर्देशनमा निर्माण भएको यस फिल्ममा मोती कार्की क्रियटिभ प्रोड्यूसर रहेका छन्। लाइन प्रोड्यूसर राजेन्द्र आचार्य रहेको यस फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको संगीत दिएका छन्।
माइकल चन्दकै कथा र पटकथा रहेको यो फिल्ममा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याकग्राउन्ड म्युजिक छ ।
सियोन श्रेष्ठको कोरियोग्राफी रहेको फिल्ममा राजेन्द्र मोक्तानको कलर, नवराज शर्माको मुख्य निर्देशन, साहिल खानको टिजर र ट्रेलर छ । फिल्मका स्क्रिप्ट सल्लाहाकार अभिमन्यू निरवी र समय थपलिया हुन् ।
यो फिल्मले ‘पर्दा पछाडिको पर्दा’को थिम बोकेको छ । फिल्ममा विराज भट्ट, सुपुष्पा भट्टको साथमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार, सुनिल थापा लगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई एक्सन, सस्पेन्स र लभ स्टोरी कथामा निर्माण गरिएको छ ।
स्मरण रहोस् यसै फिल्मको ब्लाइमेक्स फिल्म खिच्ने अन्तिम दिन यसै फिल्ममा अभिनय गरिरहेका सुनील थापाको निधन भएको थियो।