सुचना, समाचार र मनोरन्जन

पल शाहको जन्मदिनमा ‘आ बाट आमा २’को घोषणा,आगामी दसैंमा रिलिज

काठमाडौं :

अभिनेता पल शाहले आफ्नो जन्मदिन रानीवनको एक वृद्धाआम्रममा मनाएका छन्। आइतबार बिहान मानव सेवा आश्रम रानीवनमा पलले आफ्नो जन्मदिन मनाएका हुन्।

आफ्नो जन्मदिन मनाएसँगै उनले दर्शकमाझ सरप्राइज पनि दिएका छन्। हलमा हिट भइरहेको फिल्म ‘आ बाट आमा २’निर्माण गरेर आगामी दसैंमा रिलिज गर्ने समेत घोषणा गरेका छन्। माघ १६गतेबाट हलमा चलिरहेको फिल्म ‘आ बाट आमा’हिट भइसकेको छ। अहिलेसम्म ११ करोड ग्रस कलेक्सन गरिसकेको यो फिल्म वर्षकै हिट फिल्ममा आउने तयारीमा छन्।

सोही अवसरका ‘आ बाट आमा’का निर्देशक तथा निर्माता समेत रहेका चन्द्र पन्तले ‘आ बाट आमा २’बनाउन लागेको भन्दै पल शाहलाई हिरोमा रुपमा अनुबन्ध गरे। यो कुरा सुनेपछि पलका फ्यानहरु समेत उत्साहित बनेका छन्। निर्देशकले यो फिल्म आगामी दसैंमा प्रदर्शन गर्ने समेत जानकारी दिएछ।

निर्माण टिमले फिल्मको अन्य कलाकारका बारेमा जानकारी दिएको छैन। अहिलेलाई फिल्मको मुख्य भुमिकामा अभिनेता पललाई नै निरन्तरता दिएको हो। दर्शकले पहिलो पार्ट मन पराएपछि निर्देशक पन्तले सोही कथालाई निरन्तरता दिन लागेका हुन्। साथै निर्माण टिमले टिजर पोस्टर समेत सार्वजनिक गरेका छन्। जहाँ ‘आ बाट आमा’मा कृष्ण बनेका पललाई दोस्रो पार्टको क्यारेक्टर लुक्सलाई निर्माण टिमले बाहिर ल्याएको छ।

निर्देशक पन्तले नै निर्देशन गर्ने यो फिल्ममा ‘आ बाट आमा’कै कलाकारहरुले निरन्तरता पाउँछन् कि नयाँ थपिने हो भन्ने बारेमा निर्माण टिमले जानकारी दिएको छैन। उनीहरुका अनुसार फिल्मका कलाकार विस्तारै जानकारी दिए मुडमा देखिन्छन्। यस फिल्मलाई आर आर फिल्मस्ले वितरण गर्न लागेको छ। उनका अनुसार फिल्मको छायांकन पनि छिट्टै नै हुनेछ। प्रदर्शनरत ‘आ बाट आमा’मा विपना थापा,प्रदीप रावत,पल शाह,उषा उप्रेती,सिमरन पन्त लगायतको अभिनय रहेको छ।

Leave A Reply

Your email address will not be published.