
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- अस्ट्रेलिया र जुम्लामा छायांकन हुने ‘हजुरबाले भनेथे’ को औपचारिक घोषणा
- तीन पात्रको रोचक संयोजनसहित ‘तिलस्मी’को पोस्टर सार्वजनिक
- ‘सिन्दुरे जात्रा’को गीतमा अञ्जना र विजयको नृत्य
- ‘तिरिमिरी झ्याइँ’को पोस्टर सार्वजनिक, माघ २८ मा प्रदर्शनको घोषणा
- परान पछि हजुरबाले भनेथेको मुख्य भूमिकामा नीर शाह
- पाँच पाण्डवको गालीबाट विचलित भएनन् हरिवंश,हलमा दर्शक भेट्दै लिन थाले सुझाव
- मुगुमा स्याउखेतीः व्यापारी गाउँमै पुग्दा किसानले पाए राम्रो मूल्य
- यमपञ्चकमा विदेशी कूटनीतिक नियोगको शुभकामना
- कुकुर तिहारजस्ता पर्वलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ: प्रधानमन्त्री पत्नी
- पाल्पाको मौलिक देउसी भैलो पोखरामा प्रदर्शन
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई चुनाव प्रचार प्रसारमा सहभागी नहुन आग्रह
काठमाडौँ,
निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ ।
निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले सो आग्रह गरेको हो । निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको विषय उल्लेख गर्दै आयोगले सो आचारसंहिताको पूर्णपालना गर्नु सरोकारवाला पक्षको दायित्व भएको स्मरण गराएको छ ।

सबै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षले निर्वाचन आचारसंहिताको पूर्ण पालनाको विषयमा आयोगले अनुगमन गरिरहेको जनाएको छ । स्थानीय तहका केही जनप्रतिनिधि निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको भनी उजुरी तथा गुनासो प्राप्त भएकामा आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
निर्वाचन आचारसंहितामा रहेको व्यवस्थाअनुसार, स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारमासंलग्न हुनसक्ने भएपनि सरकारी स्रोत र साधनको प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था छ ।
निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आयोगले सचेत गराएको छ ।