
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
- दिल्लीको न्यानो अङ्कमाल: उपलब्धिलाई नतिजामा बदल्ने परीक्षा
- कर्णाली राजमार्गका अतिक्रमण हटाउन निर्देशन
- विद्युत् खपत बढाउन वितरण केन्द्र प्रमुखलाई ऊर्जामन्त्रीको निर्देशन
- प्रेम सम्बन्धमा आउने अवरोध फिल्म ‘लुसु’को छायांकन
- झन्डै तीन दशकको सांगीतिक यात्रासहित पोखरामा गुञ्जिँदै ‘BRO SIS Band’
- क्रिएटिभ इन्टरनेसनल म्युजिक अवार्ड–२०२६ भव्य रूपमा सम्पन्न
- पाकिस्तानी गायक आतिफ अस्लम पहिलोपटक इटहरीमा गुञ्जिने
- एस्पी कोइरालाद्वारा कट्टेलको गीति एल्बम ‘गन्तव्य’ लोकार्पण
- फ्राइडे रिलिज : देशभरका हलमा लागे ‘ककाकिकी’ र ‘सारथी’
निर्वाचन १० दिन बाँकीः जनप्रतिनिधिलाई चुनाव प्रचार प्रसारमा सहभागी नहुन आग्रह
काठमाडौँ,
निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ ।
निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आयोगले सो आग्रह गरेको हो । निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको विषय उल्लेख गर्दै आयोगले सो आचारसंहिताको पूर्णपालना गर्नु सरोकारवाला पक्षको दायित्व भएको स्मरण गराएको छ ।

सबै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षले निर्वाचन आचारसंहिताको पूर्ण पालनाको विषयमा आयोगले अनुगमन गरिरहेको जनाएको छ । स्थानीय तहका केही जनप्रतिनिधि निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसारमा सहभागी भएको भनी उजुरी तथा गुनासो प्राप्त भएकामा आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
निर्वाचन आचारसंहितामा रहेको व्यवस्थाअनुसार, स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारमासंलग्न हुनसक्ने भएपनि सरकारी स्रोत र साधनको प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था छ ।
निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तहमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आयोगले सचेत गराएको छ ।