काठमाडौं :
नेपालमा सुपरहिट भएको अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ भारतमा प्रदर्शन हुने भएको छ। यही २७ फेब्रुअरी अर्थात शुक्रबारदेखि नेपाली दर्शकलाई लक्षित गर्दै फिल्म रिलिज हुने भएको हो।
निर्माण टिमका अनुसार यो फिल्म भारतको दार्जिलिङ, सिक्किम, देहरादुन, नयाँ दिल्ली, कालिम्पोङ, सिलिगुडी र कोलकातासहित विभिन्न ठाउँका हलमा फिल्म लाग्नेछ। रिलिजको पूर्वसन्ध्यामा बिहीबार गान्तोकमा प्रिमियर शो आयोजना समेत हुने भएको छ।
भोली हुने प्रिमियरका लागि नेपालबाट अनमोलसहित भुवन केसी, जसिता गुरुङ, संगीतकार कालिप्रसाद बाँस्कोटा सहभागी हुने हुनेछन्।