सुचना, समाचार र मनोरन्जन

‘हुम्लाको लिमी’ भन्दै ‘राम नाम सत्य’को गीतमा नाँचे विराज र खुशी

काठमाडौं :

फिल्म ‘राम नाम सत्य’मा समावेश ‘धागोले बाटेको’ बोलको गीतले युट्युबमा तहल्का मच्चाइरहेको छ। यो गीतले युट्युबमा ४० लाख भन्दा बढी भ्यूज पाएको छ। यो गीत चलिरहेको समयमा निर्माणपक्षले नयाँ गीत आज सार्वजनिक गरेको छ।

‘हुम्लाको लिमी’ बोलको गीत ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा एसडी योगी र गीताञ्जली थापा मगरको स्वर, एसडी योगीको संगीत र मौसम अर्यालको शब्द छ। रोमान्टिक शैलीको यो गीतको भिडियोलाई सियोन श्रेष्ठले कोरियोग्राफी गरेका हुन्।

गीतमा फिल्मका मुख्य नायक विराज भट्ट र नव–नायिका खुशी कार्कीले नृत्य गरेका छन्। यो गीतको छायांकन दैलेखमा गरिएको हो । माइकल इन्टरटेन्मेन्टको हाउसको प्रस्तुतिमा तयार भएको यो फिल्ममा कथा, पटकथा तथा निर्देशन माइकल चन्दको छ। उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको फिल्मका कार्यकारी निर्माताहरुमा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार छन्। मोती कार्की क्रियटिभ प्रोड्यूसर रहेको फिल्मका लाइन प्रोड्यूसर राजेन्द्र आचार्य हुन्।

फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र ओम स्पार्कको संगीत छ। मानकृष्ण महर्जनकोे डीओपी रहेको फिल्ममा श्री श्रेष्ठको एक्सन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याक ग्राउन्ड म्युजिक छ। नवराज शर्मा यो फिल्मका मुख्य सहायक निर्देशक हुन्।यो फिल्ममा विराज भट्ट, सुनिल थापा,सुशिल श्रेष्ठ,प्रशान्त ताम्राकार,सुपुष्पा भट्ट,दिव्या रायमाझी,आयुष सिंह ठकुरी,खुशी कार्की लगायतका कलाकारहरुको अभिनय छ। फिल्मको टिजरले पनि सामाजिक संजालमा दर्शकको मन जितिरहेको छ। लभस्टोरी, सस्पेन्स, पारिवारिक र एक्सन जनरामा निर्माण भएको यो फिल्म प्रतिक्षामा छ । बक्स अफिसमा यो फिल्मले दर्शकको मन जित्ने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.