सुचना, समाचार र मनोरन्जन

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवम् गैरआवासीय नेपालीहरूका लागि अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउटा अलग्गै डेस्क राखिने भएको छ ।

विश्वका विभिन्न देशमा छरिएर रहेका गैरआवासीय नेपाली ९एनआरएनए० र नेपाली मूलका विदेशी नागरिकहरूको नेपाली भाषा संस्कृति र नेपाली माटोप्रतिको आत्मियतालाई प्रगाढ बनाउन र नेपालमा पर्यटन एवम् लगानी प्रवर्द्धन गर्न यो निर्णय गरिएको अध्यागमन विभागले जनाएको छ ।

विभागले विमानस्थल कार्यालयलाई अलग्गै डेस्कको व्यवस्थापन गर्न पत्राचार गरेको छ ।

Leave A Reply

Your email address will not be published.