
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- कात्तिक १४ गते शनिबार पोखरामा टिभिएस अपाचे रेसिङ एक्सपिरियन्स जीपी क्वालिफायर’को आयोजना हुने
- उपासना र सोनमको ‘जलाकी’ अमेरिका र क्यानडा प्रदर्शन अधिकार बिक्री
- नेपालतर्फ सोझिँदै चक्रवात ‘अर्नब’, यी क्षेत्रमा ‘रेड अलर्ट’ जारी
- ४३ महिनामा १ लाखभन्दा बढी काठमाडौं महानगरवासीले पाए निःशुल्क कानुनी सेवा
- जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्रविधिको उपयोग गर्न मन्त्री श्रेष्ठको आह्वान
- छोरीलाई खुवाएको लिटोको भिडियोबाट उद्यमी बनेकी बिन्जुल, रोजगारीदेखि अन्तर्राष्ट्रिय बजारसम्म
- एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला
- ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
- श्रीलंकाली ब्याटर सदिरा समराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध
- स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड
पदयात्रीले पथप्रदर्शक लिएर मात्र जानुपर्ने
काठमाडौँ,
सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा जाने पदयात्रीलाई अनिवार्य रूपमा पथप्रदर्शक (टे«किङ गाइड) लिएर जानैपर्ने व्यवस्थाको स्मरण गरेको छ । अध्यागमन विभागका अनुसार निषेधित क्षेत्रमा पदयात्रा गर्दा अध्यागमन विभागबाट अनिवार्य रूपमा पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था छ ।
निषेधित क्षेत्रमा समूहगत रूपमा एजेन्सीमार्फत जाने विदेशीको पदयात्रा अनुमति जारी गर्नेसम्बन्धी सेवालाई अनलाइन प्रणालीको अवलम्बन गरी झण्झटरहित, छिटो, छरितो र सेवाग्राहीमैत्री बनाइएको जानकारी गराएको छ ।
विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालका अनुसार पदयात्रा अनुमतिसम्बन्धी प्राविधिक कठिनाइ भएमा सहजीकरणका लागि यसअघि सम्पर्क नम्बरको व्यवस्था गरिएको छ । निषेधित क्षेत्रमा पदयात्रा अनुमति माग गर्ने एकल पदयात्रीलाई पदयात्रा अनुमति प्रदान गर्नेगरी विभागीय निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

पदयात्रा गर्दा अनिवार्य रूपमा एजेन्सीमार्फत आवेदन पेस गर्नुपर्ने, निजसँग जाने ट्रेकिङ गाइड अनिवार्य रुपमा तोक्नुपर्ने, आपत्कालीन अवस्थामा उद्धार (रेस्क्यु) को सम्पूर्ण जिम्मेवारी सम्बन्धित एजेन्सीले लिनेछ । अन्य व्यवस्था विद्यमान कानुनबमोजिम हुनेगरी निर्धारण गरिएको छ ।
एक समूहमा एक ट्रेकिङ गाइड बराबर बढीमा सात जना पदयात्री रहनेगरी पदयात्रा अनुमति प्रदान गर्ने निर्णय भएको विभागले उल्लेख गरेको छ । पदयात्रामा जाने विदेशी नागरिकले आफ्नै मुलुकबाट पदयात्रा अनुमतिको आवेदन गर्ने विदेशीलाई भिसा आवेदन नम्बरका आधारमा पदयात्राका लागि आवेदन गर्न सकिने व्यवस्था मिलाइएको छ ।
यस्तो व्यवस्थाबाट नेपालको पर्यटन प्रवद्र्धन, आन्तरिक रोजगारी सिर्जना, पदयात्रीको व्यक्तिगत सुरक्षा र पदयात्रा सहजीकरणमा सहयोग पुग्ने विभागले अपेक्षा गरेको छ ।