Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘तिनीहरू : इलिफेन्ट इन द फग’ टोलीद्वारा नाइमा मोबिलिटीमा विशेष प्रस्तुति
- ‘ऊनको स्वीटर’को दोस्रो भाग निर्माण घोषणा,बलिउडका पियूष मिश्रा पनि प्रमुख भूमिकामा
- थ्रीई इन्टरटेनमेन्ट दशैं-तिहारमा शिव-समीक्षासँगै मुक्ति एन्ड रिभाइभल ब्यान्डसँग अमेरिका टुर गर्दै
- ‘साम्राज्य’मा सौगात र दयाहाङपछि नाजिर अनुबन्ध
- निर्वाण–प्रदीपको अन्तर्राष्ट्रिय सहकार्य ‘टनेल २६’को टिजर सार्वजनिक
- साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
- हङ्गेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु
- ‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’
- भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, नौ जनाको मृत्यु
- मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी
ज्येष्ठ सदस्य केसीले पद तथा गोपनीयताको शपथ लिदै
काठमाडौँ,
राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउनुहुने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११ः१५ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुनुहुन्छ ।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् । नेपाली काँग्रेसका सांसद केसी समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट निर्वाचित हुनुभएको हो ।
ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई यही चैत १२ गते बिहीबार पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ ।
Next Post