Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- पोखरा उद्योग वाणिज्य सङ्घ: ८ सदस्य उम्मेदवारद्वारा घरदैलो अभियान र चुनावी टोली घोषणा
- निखिल ‘आचार्य’को टिजरलाई दर्शकको साथ,असोज ९ बाट प्रदर्शन हुँदै
- रसुवाको बाढीः त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए
- चलचित्र ‘पार्वती’को ‘पब्लिक प्रिमियर’: हलबाट गहभरि आँसु पारेर निस्किए दर्शक
- भारतीय प्रधानमन्त्री र प्रधानमन्त्री बालेनबिच कुराकानी, उद्धार र राहतमा सहयोग गर्ने
- बाढीबाट मृत्यु हुनेको संख्या २२ पुग्यो
- युनिस्टार एजुकेशन दशौं वर्षमा: पोखरा वृद्धाश्रममा रासन तथा खाद्यान्न वितरण
- रसुवा बाढीः ७९ सुरक्षाकर्मी सम्पर्कविहीन, ९ शव फेला
- लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन
- भोटेकोशी बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन
खेलकुदप्रति आकर्षण बढाउनुपर्नेमा मन्त्री पोखरेलको जोड
काठमाडौँ,
युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा जोड दिँदै त्यस निम्ति विद्यालय, स्थानीय क्लब र गाउँस्तरबाट नै उनीहरूलाई यसमा समाहित गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय खेलकुद परिषद्ले उहाँको सम्मान आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले खेलकुदका माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउने खेलाडी उत्पादन गर्न परिषद्लगायत खेलकुदसँग सम्बद्ध सङ्घसंस्था क्रियाशील हुनुपर्ने बताउनुभयो ।
खेल क्षेत्रमा चुनौती र अवसर दुवै भएकाले बोलेर भन्दा पनि काम गरेर देखाउनु पर्ने बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् अच्युतम लामिछानेले नेपाल खेलकुद विज्ञान प्रतिष्ठान ९सान० लाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
परिषद्का सदस्यसचिव रामचरित्र मेहताले राखेपको बोर्ड र कार्यसमितिको संरचना, कार्यक्षेत्र, बजेट, भौतिक पूर्वाधारको अवस्थालगायत परिषद्का गतिविधिबारे जानकारी गराउनुभयो ।
त्यसअघि मन्त्री पोखरेलले सातदोबाटोस्थित अन्तरराष्ट्रिय खेलकुद परिसरमा निर्माणाधीन जेनजी पार्क, खेलकुद विज्ञान अनुसन्धान केन्द्रको निरीक्षण गर्नुभयो ।