सुचना, समाचार र मनोरन्जन

‘किङ’को दुबई छायांकन रद्द, शाहरुख खान स्टारर फिल्मको तालिका फेरियो

मुम्बई :

बलिउड सुपरस्टार शाहरुख खान अभिनित फिल्म ‘किङ’को विदेशी छायांकन तालिका प्रभावित भएको छ। दुबई मा तय गरिएको महत्वपूर्ण एक्सन दृश्य अन्तिम समयमा स्थगित गरिएको निर्माण स्रोतले जनाएको छ।

मध्यपूर्वमा देखिएको बढ्दो भू–राजनीतिक तनावलाई मध्यनजर गर्दै निर्माण टिमले सुरक्षा प्राथमिकता दिँदै छायांकन योजना परिवर्तन गरेको हो। यसअघि अप्रिल ९ देखि करिब एक सातासम्म अनिल कपूरसुहाना खान सहभागी हुने मरुभूमि आधारित दृश्य खिच्ने तयारी थियो। आवश्यक सबै अनुमति प्राप्त भइसकेको अवस्थामा पनि जोखिम नलिने निष्कर्षमा टिम पुगेपछि दुबई शेड्युल रद्द गरिएको हो।

अब सोही दृश्यहरू मुम्बई स्थित स्टुडियोमै पुनःनिर्माण गरिएको सेटमा खिचिने भएको छ। निर्देशक सिद्धार्थ आनन्द को परिकल्पनाअनुसार दृश्यको स्तर कायम राख्न ठूलो स्केलमा सेट निर्माण गरिएको जनाइएको छ।

फिल्म ‘किङ’मा शाहरुख खान, सुहाना खान र अनिल कपूरसँगै अभिषेक बच्चन,रानी मुखर्जी, दीपिका पादुकोण लगायत कलाकारको अभिनय रहनेछ। विदेशी लोकेसन प्रभावित भए पनि निर्माण कार्य रोकिएको छैन। फिल्मको छायांकन हाल मुम्बईमै जारी रहेको छ भने यसलाई २०२६ डिसेम्बर २४ मा प्रदर्शनमा ल्याउने तयारी यथावत राखिएको निर्माण पक्षले जनाएको छ।

Leave A Reply

Your email address will not be published.