सुचना, समाचार र मनोरन्जन

सरकारमाथि चौबिसै घण्टा निगरानी गर्न प्रतिपक्षी दललाई रविको आग्रह 

काठमाडौँ,

रास्वपा सभापति रवि लामिछानेले आफूहरूमाथि चौबिसै घण्टा निगरानी गर्न प्रतिपक्षी दलहरूलाई आग्रह गरेका छन् ।

बिहीबारबाट सुरु भएको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् ।
‘प्रतिपक्षीमाथि मेरो अनुरोध छ, हामीमाथि चौबिसै घण्टा निगरानी राख्नुहोला,’ लामिछानेले भने । साथै, उनले आफ्ना सांसदहरूलाई प्रश्न सोधेर आएको सम्झाउँदै जिम्मेवारी पनि उति नै रहने बताए ।

‘जनताले हामीलाई दिएको विशाल बहुमतको इतिहास, यो पनि फेरि गुमेको अवसर भन्यौं भने हामी फेरि कलंकित हुनेछौं । हामीलाई त्यो मञ्जुर छैन,’ रास्वपा सभापति लामिछानेले भने, ‘रास्वपाका साथीहरूलाई म यो सम्झाउँछु, हामी प्रश्न सोधेर आएका हौं । अहिले बस्ने ठाउँ फेरियो होला । आज पनि ती प्रश्नप्रति हाम्रो नैतिक जिम्मेवारी उति नै छ ।’

साथै, उनले आफूहरू प्रश्न मात्रै देखाउने नभइ जवाफ खोज्न पनि आउने बताए ।

‘हामीलाई प्रश्न देखाउन मात्रै होइन, जवाफ खोज्न पनि आउँछ । हामीले त्यो देखाउनुछ,’ उनले भने ।

Leave A Reply

Your email address will not be published.