सुचना, समाचार र मनोरन्जन

पोखरामा खुँडा प्रहार गरी महिलाको हत्या, आरोपी भान्जा बुटवलबाट पक्राउ

 

पोखरा: कास्कीको पोखरा महानगरपालिका–सभागृह चोकमा ४२ वर्षीया सिर्जना पौडेल केसीको हत्या प्रकरणमा संलग्न आरोपी शिशिर केसीलाई प्रहरीले बुटवलबाट पक्राउ गरी कास्की ल्याएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आरोपी शिशिर केसी मृतकका सहोदर भान्जा हुन्। उनले खुँडा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटना लगत्तै फरार रहेका केसीलाई प्रहरीले रुपन्देहीको बुटवलबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि कास्की ल्याइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको कारण र पृष्ठभूमिबारे विस्तृत अनुसन्धान भइरहेको बताएको छ। साथै, घटनामा प्रयोग गरिएको हतियार र अन्य प्रमाण संकलन गर्ने काम जारी रहेको छ।

Leave A Reply

Your email address will not be published.