सुचना, समाचार र मनोरन्जन

प्रदेश खारेजीका लागि दुई तिहाई पुर्‍याउन सहयोग गर्छौंः ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रदेश संरचना खारेज गर्नका लागि आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने बताएका छन् ।

सोमबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश संरचना खारेज गर्नका लागि सरकारलाई दुई तिहाई मत चाहिए आफ्नो पार्टीले साथ दिने बताए ।

मुलुकमा हिन्दू राज्य स्थापना गर्न, राजासहितको प्रजातान्त्रिक शासन व्यवस्थाका लागि सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले सहयोग माग आफनो पार्टीले साथ दिने नेता शाहीको भनाइ थियो ।

‘आज यो देशको प्रदेश संरचना खारेज गर्नुपर्छ भन्नेकुरा त हामीले संसदमा उभिएर नै भनिसक्यौं । तपाईंहरूको १८२ सिट आएको छ । प्रदेश संरचना खारेज गर्नुहुन्छ, हिन्दु, बुद्ध, किराँतसहितको सनातन हिन्दू अधिराज्य स्थापना गर्नुहुन्छ,’ उनले थप भने, ‘राजासहितको प्रजातन्त्रलाई अवलम्बन गर्नुहुन्छ, नेपालको संविधान संशोधन गर्न तपाईंलाई सिट पुगेन भने ५ वटा सिट हामी दिन्छौं । १८७ सिट पुग्छ, संविधान संशोधन गरौ भनेर हामीले घोषणा गरिसकेका छौं ।’

उनले मुलुकलाई सुशासनको बाटोमा अघि बढाउनका लागि आफनो पार्टीले सदैव पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

सो अवसरमा पार्टीका प्रवक्ता समेत रहेका नेता शाहीले फरक मत राखेर सबै नेता, कार्यकर्तालाई पनि समेटेर अघि बढ्न पार्टी नेतृत्वको पनि ध्यानाकर्षण गराए ।

Leave A Reply

Your email address will not be published.