सुचना, समाचार र मनोरन्जन

काकुको ‘चिरञ्जीवी भवः’मा आशीर्वाद र प्रशंसाको जोडी?

काठमाडौं :

कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य ‘काकु’को नयाँ फिल्म ‘चिरञ्जीवी भवः’मा आशीर्वाद क्षेत्री अनुबन्धित भएका छन्। निर्माण पक्षले बुधबार उनलाई फिल्मको मुख्य भूमिकाका लागि अनुबन्ध गरेका हुन्। यसअघि निर्माण टिमले प्रशंसा रायमाझीलाई अभिनेत्रीका रुपमा डेब्यु गरेको थियो।

निर्माण टिमले यस फिल्ममा आशीर्वाद र प्रशंसाको जोडीका रुपमा देखिने हुन् या हैनन् टिमले कुनै जानकारी खुलाएको छैन। परानका निर्देशन समेत रहेका दीपक आचार्यले यस फिल्मलाई निर्देशन गर्दैछन्। साथै फिल्मको कथा कुमार कट्टेलले तयार पारेका हुन्।

सविन अधिकारी र बसन्त न्यौपानेको लेखन रहने यस फिल्ममा अन्य कलाकारहरुको नाम सार्वजनिक गरिएको छैन। सामाजिक ड्रामा जनरामा निर्माण हुने ‘चिरञ्जीवी भवः’ ले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई भन्ने बताइएको छ। उमेश कुमार बराल निर्माता रहेको यस फिल्मको कार्यकारी निर्माताका रूपमा कुमार कट्टेल र शैलेश खत्री छन् ।

Leave A Reply

Your email address will not be published.