सुचना, समाचार र मनोरन्जन

गण्डकी कांग्रेस संसदीय दलको सचेतकमा प्रकाश बराल

पोखरा,

गण्डकी प्रदेश सभा अन्र्तगत नेपाली कांग्रेस संसदीय दलको सचेतकमा कास्कीका प्रकाश बराल चयन भएका छन् । कांग्रेस संसदीय दलको बैठकले बराललाई सचेतकको जिम्मेवारी दिएको हो । योसंगै कांग्रेस संसदीय दल कार्यसमितिले पूर्णता पाएको छ ।

बराल कास्की निर्वाचन क्षेत्र नम्बर ३ को १ बाट प्रत्यक्ष निर्वाचित भएका हुन् । संसदीय दलको उपनेतामा कास्कीकै बिन्दुकुमार थापा र प्रमुख सचेतक गोरखाकै नन्दप्रसाद न्यौपाने यसअघि नै मनोनित भइसकेका थिए । दलको कोषाध्यक्षमा अशोककुमार श्रेष्ठ र सदस्य सचिवको जिम्मेवारी सरस्वती अर्याल तिवारीले पाएका छन ।

दलको कार्यसमिति सदस्यमा कल्पना तिवारी, दीपेन्द्रबहादुर थापा, दीलमाया पौवि, द्रोणकुमार कुँवर र रेखा गुरुङ चयन भएका छन् । यसैगरी दलको बैठकले जितप्रकाश आलेको संयोजकत्वमा अनुशासन समिति समेत गठन गरेको छ । उक्त समितिको सदस्यमा नम्दु गुरुङ र सरस्वती गुरुङ चयन भएका छन ।

Leave A Reply

Your email address will not be published.