सुचना, समाचार र मनोरन्जन

करेन्ट लागेर, भीरबाट लडेर दुई जनाको मृत्यु

 

खोटाङ : करेन्ट लागेर र भीरबाट लडेर खोटाङमा एकै दिन दुई जनाको मृत्यु भएको छ ।

 

दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४३ वर्षीय आनन्द राईको करेन्ट लागेर र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ४५ वर्षीय सुनिल कार्कीको भीरबाट लडेर मृत्यु भएको हो ।

 

गाउँमा विस्तार गरिएको विद्युत् अवरुद्ध भएपछि पुनःसञ्चालन गर्नका लागि ट्रान्सफर्मरको फ्युज फेर्न पोलमा चढेको समयमा करेन्ट लाग्दा आनन्दको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको बतासेका वडाध्यक्ष बबेन्द्र राईले जानकारी दिए ।

 

महादेवस्थानका कार्कीको बाढीले अवरुद्ध गरेको खानेपानीको मुहान सफा गर्न जाँदा भीरबाट लडेर मृत्यु भएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.