सुचना, समाचार र मनोरन्जन

कोटेश्वरको महादेव मन्दिरमा गरियो ‘मायादेवी’ को मुहूर्त, रवि गिरी र उत्तम केसी लगायतको अभिनय रहने

काठमाडौँ :

निर्देशक उत्तम अधिकारीको निर्देशनमा निर्माण हुन लागेको नयाँ वेब सिरिज ‘मायादेवी’ को मंगलबार राजधानीको कोटेश्वरस्थित महादेव मन्दिरमा शुभ-मुहूर्त गरिएको छ। कलाकार तथा सञ्चारकर्मीहरूको उपस्थितिमा आयोजित समारोहमा सिरिजको औपचारिक छायाङ्कन आरम्भको घोषणा गरिएको हो।

‘सत्य र पीडाको एक रङ्ग’ भन्ने नाराका साथ निर्माण हुन लागेको यस सिरिजले समाजको गम्भीर र यथार्थपरक कथावस्तुलाई पर्दामा उतार्ने लक्ष्य राखेको छ। मुहूर्त कार्यक्रममा बोल्दै निर्देशक अधिकारीले नेपाली डिजिटल सिरिजको बजारमा ‘मायादेवी’ ले एउटा फरक र विशिष्ट पहिचान बनाउने बताए। सिल्भर वुल्फ मिडिया र यादबिका एण्ड रियासा फिल्मको संयुक्त प्रस्तुतिमा निर्माण हुन लागेको यस सिरिजमा स्थापित तथा उदयमान कलाकारहरूको बाक्लो उपस्थिति रहनेछ।

सिरिजमा रवि गिरी, उत्तम केसी, दिया जिसी, गोविन्द थापा, कर्मा लामा, रामहरि खड्का, देव महर्जन, निर्मल लम्साल, सरिता भण्डारी, सुशीला थापा, गुणाकर अधिकारी,अर्जुन साह, प्रवन भुसाल, मना महर्जन, विजय लामा र सानुमाया लगायतका कलाकारहरूले अभिनय गर्नेछन्। प्राविधिक पक्षतर्फ चक्र बहादुर बरालको छायाङ्कन रहने यस सिरिजलाई सन्तोष के. श्रेष्ठले सम्पादन गर्नेछन्। समसामयिक सामाजिक परिवेश र मानवीय संवेदनालाई मुख्य आधार बनाएको यो सिरिजले दर्शकलाई नयाँपनको अनुभूति दिने निर्माण पक्षको विश्वास छ।

Leave A Reply

Your email address will not be published.