सुचना, समाचार र मनोरन्जन

प्रतिनिधिसभामा नयाँ नियमावली पेश

प्रतिनिधिसभाको बैठकमा नयाँ नियमावली पेश भएको छ । आज बसेको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।

नयाँ नियमावलीमाथिको छलफलमा बोल्दै नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का सांसद युवराज दुलालले असल संसदीय अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । यस्तै नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले मिनी संसद्का रूपमा रहेको संसदीय समितिलाई नियमावलीले नै प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

छलफलमा सांसदहरूले उठाएका विषयमाथि जवाफ दिँदै समितिका सभापति पराजुलीले अहिलेसम्मका संसदीय नियमावलीको अभ्यास र विकासक्रमलाई ध्यान दिएर मस्यौदा प्रस्ताव गरिएको बताउनुभयो । उहाँले मस्यौदामाथि आउने संशोधन प्रस्तावका आधारमा पछि थप छलफल गर्ने आश्वासन दिनुभयो ।

छलफलपछि नयाँ नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । प्रतिनिधिसभाको पहिलो अधिवेशनमा गठित १५ सदस्यीय समितिले चालू दोस्रो अधिवेशनको पहिलो बैठक ९वैशाख २८० मा मस्यौदा प्रतिवेदन प्रस्तुत गरेको थियो ।

नयाँ नियमावली नआएको विद्यमान अवस्थामा २०७९ सालको प्रतिनिधिसभा नियमावलीबाट कार्यसञ्चालन भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.