Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ईन्फा अवार्ड-२०२६ को उत्कृष्ट पाँच मनोनयन,मदनकृष्णलाई लाइफटाइम एचिभमेन्ट अवार्ड
- डोकोमा घाँस बोकेर सडक–सडक डुल्दै ‘गौँथली’ सिम्रन
- ‘हिमालयन इन्टरनेसनल अवार्ड’ मा अमर वान्तु र हरि ढुङ्गेललाई ‘दीर्घसाधना सम्मान’ प्रदान
- आइआइएफटिको ‘ड्रेस टु इम्प्रेस’: प्रेशा, सुस्मिता, जया र सृजना बने उत्कृष्ट फेसन डिजाइनर
- भटभटे माइला अब फिल्मका नायक, ‘तीन तीघ्रे क्या बिग्रे’मा बेगम नेपाली
- दीपाको‘ब्रेन ट्युमर’को शल्यक्रिया सफल, आइसियूबाट जनरल वार्डमा सारियो
- ‘गौँथली’को अमेरिका राइट्स सेभेन सिसले किन्यो, प्रदर्शन मिति तय
- बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
- नयाँ शैक्षिक कन्सल्टेन्सी नियमावलीविरुद्ध व्यवसायी एकजुट, आन्दोलनको चेतावनी
- कास्कीको किम्रुङ खोलामा आएको बाढीले पुल बगायो, ४० घर प्रभावित
जिएमसीमा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु, ग्यास्ट्रो उपचार आधुनिक बन्दै
पोखरा,
गण्डकी मेडिकल कलेज (जिएमसी) मा डा. शंकर बरालको नेतृत्वमा पेट तथा कलेजो रोग विशेषज्ञ टोलीले बिनाअपरेशन पित्त नलीको ढुंगा निकाल्ने इआरसीपी (Endoscopic Retrograde Cholangiopancreatography) सेवा सुरु गरेको छ ।
यो सेवाले पेट नचिरिकन मुखबाट ड्युडेनोस्कोपी मार्फत पित्त नली र प्यानक्रियाज नलीका समस्या समाधान गर्ने आधुनिक उपचार प्रविधि प्रदान गर्छ ।
डा. बरालका अनुसार, इआरसीपी सेवाले जन्डिस भएका बिरामी, पित्त नली र प्यानक्रियाज क्यान्सरका बिरामी, साथै पित्त नली साँघुरिएको समस्या भएका बिरामीलाई सहज र प्रभावकारी उपचार उपलब्ध गराउँछ। यसले पहिले जस्तो ठूलो शल्यक्रियाको आवश्यकता कम गरी बिरामीको आराम र स्वास्थ्य दुवैमा सुधार ल्याउनेछ ।
इआरसीपी सेवा सुरु भएसँगै ग्यास्ट्रो विभागले अन्य नयाँ उपचार सेवा पनि सञ्चालनमा ल्याएको छ । ती सेवामा एपिसी (APC), इसोफेजियल कार्सिनोमाका बिरामीका लागि मेटालिक स्टेन्टिङ, नली साँघुरो भएको ठाउँ खोल्ने बेलुन डाइलेटेसन, र पेटमा खाना खुवाउने नली राख्ने पेग ट्युब प्लेसमेन्ट समावेश छन् । यसैगरी, पोलिपेक्टोमी र भेरिसेसका लागि ग्लु इन्जेक्सन सेवा पनि अब उपलब्ध भएको छ ।
जिएमसीका सिइओ डा.रविन्द्र श्रेष्ठ र मेडिकल सुपरिटेन्डेन्ट डा.टुमाया घलेका अनुसार, यी सेवाहरूले गण्डकी प्रदेशभरका पेट, आन्द्रा, प्यानक्रियाज र कलेजोका बिरामीले आधुनिक र सहज उपचार सुविधा पाउनेछन्।
उनीहरूले भने, “अब बिरामीहरूले उपचारको लागि देशको टाढा भागमा जानुपर्ने आवश्यकता घट्नेछ, र गण्डकी प्रदेशमै उच्चस्तरीय सेवाहरू उपलब्ध हुनेछ ।”
जिएमसीको यो नयाँ पहलले स्वास्थ्य क्षेत्रलाई थप आधुनिक बनाउँदै प्रदेशभरका बिरामीहरूको जीवनस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।
जीएमसीमा उपलब्ध इआरसीपीलगायतका सेवा सरकारको स्वास्थ्य बीमा कार्यक्रम र भारतीय पेन्सनर अन्तरगत इसीएचएसमा पनि उपलब्ध रहेको छ ।
Next Post