काठमाडौं :
क्वालिटी फिल्मस् प्रा।लि।को आयोजनामा ‘पाँचौ क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०८२’ हुने भएको छ। आयोजक संस्थाका अध्यक्ष उमेश गुरुङका अनुसार उक्त अवार्डका लागि आज ९७ जेठ० देखि नै आवेदन फारम खुला गरिएको छ। यस प्रतियोगितामा २०८२ वैशाख १ गतेदेखि २०८२ चैत ३० गतेभित्र सार्वजनिक वा रिलिज भएका गीत, संगीत र चलचित्रहरूले सहभागिता जनाउन पाउनेछन्।
विगत ५ वर्षदेखि ‘नेपाली चलचित्र तथा गीत संगीतको बजारलाई चलायमान बनाउँदै सर्जकलाई सम्मान, गुणस्तरीय सृजनालाई प्रोत्साहन’ भन्ने नाराका साथ यो अवार्ड आयोजना गरिँदै आएको छ। यस वर्ष चलचित्र, गीत, संगीत, म्युजिक भिडियो, फेशन तथा मोडलिङका विभिन्न विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ।
गीत संगीततर्फ लोक, आधुनिक, पप, लोक दोहोरी, पर्व गीत, भेग विशेष गीत, राष्ट्रिय भाव र चलचित्रका गीतहरू समावेश गरिएको छ। यसअन्तर्गत गायक, गायिका, संगीतकार, गीतकार, संगीत संयोजक र ध्वनि मिश्रण विधामा आवेदन दिन सकिनेछ। यस्तै, म्युजिक भिडियोतर्फ मोडल ९महिलारपुरुष०, निर्देशक, सम्पादक, छायाँकार र नृत्य निर्देशक जस्ता विधाहरू समेटिएका छन्।
चलचित्र विधातर्फ निर्देशक, नायक, नायिका, नवनायक, नवनायिका, सहनायक, सहनायिका, खलचरित्र, चरित्र अभिनेतारअभिनेत्री, हास्य अभिनेता, छायाँकार, सम्पादक, रँग संयोजक, संगीतकार, भिएफएक्स आर्टिस्ट र प्रोडक्सन म्यानेजर लगायतका विधाहरूमा प्रतिस्पर्धा हुनेछ।
अवार्डमा सहभागी हुन चाहनेहरूले आगामी साउन मसान्तभित्र फारम बुझाइसक्नुपर्ने अध्यक्ष गुरुङले जानकारी दिएका छन्। इच्छुक आवेदकले अवार्डको अफिसियल पेज वा आयोजक संस्थाबाट फारम प्राप्त गर्न सक्नेछन्।