Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- सरकारी कुरियर सेवा विस्तारः ६० जिल्लामा घरदैलोमै कागजात
- बेरुजु फर्स्यौट गराउन प्रधानमन्त्री कार्यालयले एक्सन प्लान बनाएको छः सचिव कार्की
- दोहोरो अङ्कले बढ्यो सेयर बजार, ६ अर्बको कारोबार
- पोखरा कोसेली घरका सटर र संरचना भाडामा दिन बोलपत्र आह्वान
- प्राङ्गारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
- पोखरा महानगरले सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्दै
- विश्व थाइराइड दिवसः पुरुषका तुलनामा महिलालाई थाइराइडको उच्च जोखिम
- पर्यटकको रोजाइमा कोशी टप्पु
- तल्लो सेती जलविद्युत् आयोजना निर्माणको तयारी
- तीन सय ३८ स्थानीय तहले भू–उपयोग वर्गीकरण गरे
पोखरा महानगरले सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्दै
गण्डकी,
पोखरा महानगरपालिकाले किसानलाई सिप्लिकान र चिउरीका बिरुवा अनुदानमा वितरण गर्ने तयारी गरेको छ ।
बाँझो जमिनको सदुपयोगसँगै बाँदरले क्षति नपु¥याउने औषधीय गुण युक्त सिप्लिकानका साथै मौरीपालक किसानलाई उपयोगी हुने चिउरीका बिरुवा अनुदानमा वितरण गर्न लागिएको हो । बिरुवा वितरणका लागि यही जेठ २१ गतेसम्म माग सङ्कलन गरिने जानकारी दिँदै उहाँले मागका आधारमा अनुदानमा उपलब्ध गराउन लागिएको महानगरपालिकाअन्तर्गत कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिनुुभयो ।
“बाँझो जमिनमा औषधीय गुण रहेको सिप्लीकान लगाउन सकिन्छ”, उहाँले भन्नुुभयो, “तरकारीका लागि उपयोग गर्न सकिने सिप्लीकान बाँदरले पनि क्षति नपु¥याउने भएकाले यो बाँझो जग्गाहरूमा उपयोगी हुन्छ ।”
पोखरामा मौरीपालनतर्फ आकर्षण बढिरहेका कारण त्यसलाई सहयोग पु¥याउने उद्देश्यले चिउरीका बिरुवा पनि अनुदानमा उपलब्ध गराउन लागिएको प्रमुख कडरियाले जानकारी दिनुुभयो ।
पोखरा महानगर क्षेत्रमा १५ हजारदेखि २० हजारसम्म मौरीका घारहरू रहेको उहाँले बताउनुुभयो ।