सुचना, समाचार र मनोरन्जन

स्वदेश फर्किनुअघि रवि पुगे अयोध्या

भारत भ्रमण पूरा गरी स्वदेश फर्किनुअघि रास्वपा सभापति रवि लामिछाने अयोध्या पुगेर राम मन्दिर दर्शन गरेका छन् । उनी पत्नी निकिता, पार्टी सहमहामन्त्री विपिन कुमार आचार्य, प्रनिनिधि सभा सदस्य दीपक बोहोरासहित अयोध्या पुगेका हुन् ।

उनीहरुले राम मन्दिर दर्शन तथा पूजा गरेका छन् । रवि नेतृत्वको प्रतिनिधि मण्डल आजै काठमाडौं फर्किंदै छ । आजै रास्वपा नेता समेत रहेका परराष्ट्रमन्त्री शिशिर खनाल आजै भारत भ्रमणमा जाँदैछन् ।

Chaka Panja

भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा गएका थिए ।

भारत बसाइको क्रममा रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरसँग पनि भारतमै भेटवार्ता गरेका थिए।

रवि नेतृत्वको भ्रमण टोलीमा रास्वपा सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य छन् । रास्वपा प्रवक्ता मनिष झाका अनुसार रवि नेतृत्वको रास्वपा टोली भारतबाट आज जेठ २२ गते स्वदेश फर्किंदै छ ।

Leave A Reply

Your email address will not be published.