Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- ‘धुरन्धर २’ बाट तहल्का मच्चाएका बलिउड स्टार राकेश वेदी काठमाडौंमा, दर्शकलाई हलमै भेट्ने,पशुपतिमा दर्शन गर्ने
- माओत्से गुरुङको ‘पेन्सन पट्टा’, लोभी केटा दानी बन्ने कथामा दयाहाङ र सुनील थापाको टक्कर
- टेरेन्स लुइसको अगुवाईमा टुङ्गियो ‘वर्ल्ड अफ डान्स नेपाल’ : विजेताहरूलाई नगद र सुनको ट्रफी
- प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ: पूर्वगृहमन्त्री गुरुङ
- रास्वपा केन्द्रीय कार्यालयमा प्रदर्शन
- पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’
- विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ: कविन्द्र बुर्लाकोटी
- इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
- नेपालका किशोर–किशोरीमा विद्युतीय चुरोटको लत डरलाग्दो
- मधेश प्रदेशमा पहिलो पटक काँडे भ्याकुर अभिलेख
प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ: पूर्वगृहमन्त्री गुरुङ
गोरखा,
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता सुधन गुरुङले राजनीतिमा प्रतिपक्ष दलहरूले बिरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी गोरखाको प्रथम जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्नुहुँदै उहाँले राम्रो कामलाई प्रतिपक्षले पनि सहयोग गरेर अघि बढ्नुपर्ने बताउनुभयो । पूर्वगृहमन्त्री गुुरुङले देश बनाउन सबै मिलेर अघि बढनुपर्ने भन्दै रास्वपा देश बनाउन आएको पार्टी भएको उल्लेख गर्नुभयो ।
“राम्रो कुरालाई सबै दलले साथ दिनुप¥यो”, उहाँले भन्नुभयो, “विरोधका लागि विरोध गरेर मात्र हुँदैन ।” गोरखा क्षेत्र नं १ का प्रतिनिधिसभाका सांसद्समेत रहनुभएका उहाँले निर्वाचनमा आफूले गरेको बाचापत्र पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयोे ।
“मैले गरेको बाचा पहिला थियो, अहिले पनि छ भोलि पनि रहिरहनेछ”, उहाँले भन्नुभयो, “गोरखाले मलाई जिताएको फोटो खिच्न होइन, काम गर्न हो भन्ने बुझेको छु ।” पूर्वगृहमन्त्री गुरुङले निर्वाचन क्षेत्रका जनताको समस्यालाई समाधानका लागि छिट्टै सचिवालय स्थापना गरेर काम गर्ने उहाँको छ ।
जिल्लामा बजेट नपरेको गुनासो आफूलाई पटकपटक आएको भन्दै उहाँले आफ्नो थाल कति छ भनेर हेर्दा अरुको थालको घट्यो कि घटेन भनेर पनि हेर्नुपर्ने बताउनुभयो ।
Prev Post