काठमाडौं :
आठौं संस्करणको ‘मिस्टर एण्ड मिस लिटिल कोशी’को सुनसरी संस्करणको अडिसन सम्पन्न भएको छ । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने प्रतियोगिताका लागि सुनसरीमा भएको अडिसनमा ५ वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिकाहरुको सहभागिता रहेको थियो ।
सुनसरी अडिसनबाट फाइनलका लागि ५८ जना बालबालिका छानिएका छन्। छानिनेमा इटहरीका ग्रेसी कटुवाल, देवान्सी कार्की, पाखी अग्रवाल, आहाना गेलाल, काव्या कार्की, सोनिका बस्नेत, अबिता राई, अप्सना तामाङ, दियाना राई, एलिजा खनाल, अबिना मगर, क्रिस्टिना भुजेल, ममिंसा चौधरी, माइसा जिन्दल, मिमोसा राई, नाइरा जिन्दल, निहारिका धिमाल, प्रनिका कटवाल, प्रशंसा बस्नेत, प्रशंसा खवास, प्राथभी राउत, प्रिज्मा अधिकारी, प्रितिना भट्टराई, सान्भी पोखरेल, सासा आले मगर, श्रीना बराल, स्पर्श राना, श्रीतिका थापा, सुभाग्य अधिकारी, मिसामी राई, इभान तामाङ, एकांश अग्रवाल, सुदर्शन भुजेल, आर्जन घिमिरे, मार्टिन श्रेष्ठ र सक्सेस तामाङ छानिएका छन्।
त्यस्तै इनरुवाबाट प्रिया सोनी, लिजा उराव,आरुसी मेहता, सोफिया प्रधान, प्रागी चौधरी, रक्षिता पोदार, श्रेया थापा, आर्यन चौधरी, रोहित भण्डारी, रोशन मण्डल र आदित्य देवता छनोट भएका छन्।
यस्तै खनारबाट आर्जु रौटार, प्रज्ञान शाक्य झुम्काबाट भुमिका बिके, पूर्णिमा गुप्ता, मनमाया रिजाल, विश्वास श्रेष्ठ पकलीबाट इभेनजलिना शाह, तरहराबाट जिया शंकर, मीहाङमा राई, सांगे वाङमु गुरुङ, थडियाबाट प्रिसा बन्जारा पनि छानिएका छन् ।जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले आगामी असारको पहिलो साता फाइनल प्रतियोगिता हुने जानकारी दिए।
‘बालबालिकाहरुको पढाइमा कुनै पनि असर नपुग्ने गरी यो प्रतियोगिता हुनेछ’, उनले भने, ‘बालवालिकाहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता प्रत्येक वर्ष गर्दै आएका छौं ।’
यसअघिको मोरङ संस्करणमा महिलातर्फ सुकुना सेकेण्डरी स्कुल केराबारीकी टिना मगर विजेता बन्दा बुढीगंगाको आभा इङ्लिस सेकेण्डरी स्कुलकी अभिलाषा चौधरी फस्ट रनरअप, बाँसबारीको सजिलाल सेकेण्डरी स्कुलकी अनुष्का पौडेल सेकेण्ड रनरअप र विराटचोककी बाल बगैचा मन्टेश्वरीकी दिव्या ज्योति सिंह ‘मिस पब्लिक च्वाइस’ भएका थिए।
त्यस्तै पुरुषतर्फ बाल बगैचा मन्टेश्वरी सलकपुरका सक्षम चौहानले शीर्ष उपाधि र ‘मिष्टर पब्लिक च्वाइस’को उपाधि जित्दा प्रगति माध्यमिक विद्यालय सोमबारेका जेनिस कार्की फस्ट रनरअप, सजिलाल सेकेण्डरी स्कुल बासबारीका अनुभव घिमिरे सेकेण्ड रनरअप भए ।