सुचना, समाचार र मनोरन्जन

लक्ष्मी गिरी अभिनित ‘भागदौड’ असार २६ मा प्रदर्शन हुने, अनिशा श्रेष्ठ र घनश्याम जोशी मुख्य कलाकार

काठमाडौं :

फिल्म ‘भागदौड’ आगामी असार २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले मंगलबार फिल्मको दुई फरक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो । पोस्टरमा फिल्मका प्रमुख कलाकारहरुलाई देख्न सकिन्छ।

Chaka Panja

हिमाल उप्रेतीको लेखन तथा निर्देशन रहेको फिल्ममा अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई (सारा), विशाल पोखरेल, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन र सुवास तिमिल्सिना लगायतका कलाकारहरूको अभिनय छ।

विश्वराम बिष्टको प्रस्तुतकर्ता रहेको फिल्ममा अंगिरा थापा कार्यकारी निर्माता रहेी छन् भने सह–निर्माताहरू भूपेन्द्रकुमार खड्का, सागर पुरी र सुरेश गिरी हुन् । सुप्रिम म्यूजिक एण्ड फिल्मस प्रालिले निर्माण गरेको यो फिल्मको सार्वजनिक पोष्टर मुख्य भुमिका रहेका कलाकार समेटिएका छन् । लेखक तथा निर्देशक उप्रेतीका अनुसार फिल्मले लोभ, लालच, जालझेल र ठगीमा आधारित मानव जीवनको नैतिक संकटलाई चित्रण गर्ने कथा देखाउनेछ । यसको पृष्ठभूमि काठमाडौंको ऐतिहासिक एवं परम्परागत नेवार बस्ती बुङमती र बागमती नदी किनारको आसपासमा केन्द्रित छ।

फिल्मले बुङमतीको प्राचीन सभ्यता, नेवारी कला–संस्कृति, र त्यहाँ बसोबास गर्ने नेवार, बाहुन, क्षेत्री लगायतका विभिन्न समुदायबीचको सह–अस्तित्व तथा परम्परागत प्रथा र आधुनिक जीवनशैलीबीचको सन्तुलनलाई पर्दामा देखाउने फिल्मका प्रस्तुतकर्ता विश्वराम बिष्टले बताए।फिल्ममा दीपक बज्राचार्यको छायांकन, प्रविन ढकालको सम्पादन, वसन्त सापकोटा र प्रकाश नेपालीको संगीत छ । फिल्मको वितरण नेशनल सिने ग्रुप नेपाल रहेको छ ।

Leave A Reply

Your email address will not be published.