Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको म्याद थप गर्ने सरकारको निर्णय
- गणेशमान पालिखेको २१ औं स्मृति दिवसमा वृक्षारोपण र खाद्यन्य वितरण
- सुनौलो इतिहास रहेको कन्या मन्दिरप्रति छात्राको आकर्षण
- जग्गा फिर्ता ल्याउन कस्सियो त्रिवि
- मिडियाका मेरुदण्ड बजार व्यवस्थापक हुन्: निमित्त प्रमुख सचिव आचार्य
- पुराना काठ व्यवस्थापन गर्दै चितवन डिभिजन वन कार्यालय
- कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी
- पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित
- मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रलाई कोभिडपछिकै कमजोर अवस्थामा पुर्याउने विश्व बैङ्कको चेतावनी
- सुनचाँदीको मूल्य बढ्यो
पुराना काठ व्यवस्थापन गर्दै चितवन डिभिजन वन कार्यालय
चितवन,
डिभिजन वन कार्यालय, चितवनले राष्ट्रिय वन क्षेत्रमा रहेका पाँच वर्ष पुराना पाँच हजार २०० क्युबिक फिट सालका काठ व्यवस्थापनको काम सुरु गरेको छ ।
वन ऐन तेस्रो संशोधन, २०७९ ले सालका काठ पाँच वर्ष पुराना, सिसौ दुई वर्ष पुराना र अन्य काठ एक वर्ष पुरानालाई व्यवस्थापन गर्न सकिने अधिकार दिएपछि कार्यालयले पाँच वर्ष पुराना काठ व्यवस्थापनको काम सुरु गरेको कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले बताउनुभयो ।
सतनचुली सामुदायिक वन र चुम्लिङटारमा रहेका उक्त ‘ए’ ग्रेडका काठबाट प्रतिक्युबिक फिट रु एक हजारदेखि एक हजार २५० सम्म राजस्व सङ्कलन हुनेछ ।