पोखरा,
शान्तिदीप स्कुल, पोखरा–१४ द्वारा नयाँ विद्यार्थी स्वागत, शैक्षिक सत्र २०८२ का शैक्षिक पुरस्कार तथा शैक्षिक सत्र २०८३ का अतिरिक्त क्रियाकलाप ९ऋऋब्० पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भागवत भास्कर कमलनयन गौतम को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन विद्यालयका कोर्डिनेटर विष्णु कर्माचार्य ले गर्नुभएको थियो भने स्वागत मन्तव्य वरिष्ठ शिक्षक सन्दीप बरालले व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा विद्यालय परिवारमा नवआगन्तुक विद्यार्थीहरूलाई हार्दिक स्वागत गर्दै उनीहरूको सफल शैक्षिक यात्राको शुभकामना व्यक्त गरिएको थियो। साथै, शैक्षिक सत्र २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई शैक्षिक पुरस्कार तथा शैक्षिक सत्र २०८३ मा विभिन्न अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रमलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाउन विद्यार्थीहरूले नृत्य, तथा अन्य विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। विद्यार्थीहरूको उत्साहजनक सहभागिता र आकर्षक प्रस्तुतीले कार्यक्रमलाई थप उल्लासमय बनाएको थियो।
विद्यालयले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन, आत्मविश्वास अभिवृद्धि तथा विद्यालयप्रति अपनत्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। कार्यक्रम विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारको उल्लेखनीय उपस्थितिमा सफलतापूर्वक सम्पन्न भएको थियो।

