Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- तारानाथ ढुंगानाद्वारा पोउवा संघको महासचिव पदका लागि उम्मेदवारी
- कास्की प्रहरी प्रमुख नवीन कार्कीद्वारा बेपत्ता आफन्तको खोजीमा सहजीकरण
- अनुभव, इमानदारिता र व्यवसायीको आवाज बोकेर चुनावी मैदानमा सूर्यराज घिमिरे ‘सुरेश’
- संकटमा सिङ्गो देश: मानवता र सुशासनको कसी
- सरकारले विभिन्न स्थानीय तहलाई ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्ने
- पोखरामा भेलले बगाउँदा आमा-छोरीको मृत्यु
- भोटेकोसी बाढी प्रभावितका लागि बीएण्डबी ग्रुपले ५० लाख सहयोग गर्ने
- भारतीय बजारमा ‘टक्सिक’को व्यापार कमजोर हुँदा नेपालमा ‘पार्वती’लाई फाइदा
- विषम परिस्थितिका बीच प्रदर्शनमा आयो ‘पार्वती’, पहिलो दिनको सम्पूर्ण कमाइ बाढीपीडितलाई दिने घोषणा
- नेपालमा बाढीको कहर : १७ हजार बालबालिकालाई जोगाउन प्रियंका चोपडा र जेन मलिकको अन्तर्राष्ट्रिय गुहार
यस वर्ष प्रि-मनसुनमा ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा
काठमाडौँ,
यस वर्षको प्रि(मनसुन अवधिको वर्षा मापनअनुसार ४५ वर्षयताकै सबैभन्दा बढी पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रि(मनसुन याममा नेपालमा औसत २२६ दशमलव तीन मिलिमिटर पानी पर्दछ ।
यस वर्ष भने औसतको १४५ दशमलव पाँच प्रतिशत अर्थात् ३३९ दशमलव सात मिलिमिटर पानी परेको विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो ।
यसैबीच पछिल्लो २४ घण्टामा झापाको अनारमनी विर्तामा सबैभन्दा बढी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा सो क्षेत्रमा रहेको वर्षा मापन केन्द्रमा २०८ मिलिमिटर वर्षा ९अति भारी वर्षा० भएको मापन गरिएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिनुभयो । उहाँका अनुसार २०० मिलिमिटरभन्दा बढी वर्षा भएमा अति भारी वर्षा मापन गरिन्छ । झापा क्षेत्रमा पछिल्लो केही दिनदेखि लगातार वर्षा भइरहेको छ ।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले पछिल्लो केही दिन सीमित क्षेत्रमा खण्डवृष्टि भइरहेको जानकारी दिँदै त्यसको ठूलो क्षति वा असरका बारेमा भने अहिलेसम्म जानकारी नआएको राससलाई बताउनुभयो । सो क्षेत्रबाट मनसुन भित्रिने सँघारमा रहेको विभागले जनाएको छ ।
त्यस्तै इलाम, मोरङ, सुनसरी, सिन्धुलीका केही मापन केन्द्रहरूमा पनि भारी वर्षा मापन भएको छ । तर, यसपाली सीमित क्षेत्रमा वर्षा भइरहेको छ । यता पश्चिम क्षेत्रको कास्की लमजुङ गोरखाका केही मापन केन्द्रमा समेत भारी वर्षा मापन भएको छ ।
सन् १९८१ देखि १२६ वटा वर्षा मापन केन्द्रको तथ्याङ्कलाई आधार मानी प्रि(मनसुनको विश्लेषण गर्दै आएको र सोही क्रममा यसपाली ४५ वर्षयताकै बढी वर्षा भएको हो ।