सुचना, समाचार र मनोरन्जन

प्रवीन र सारिका उत्कृष्ट सुगम सङ्गीत गायक–गायिका,शम्भूजीतलाई ‘दीर्घ साधना सम्मान’

काठमाडौं :

‘१३ औं म्यूजिकखबर म्यूजिक अवार्ड – २०८२’ भव्यरुपमा सम्पन्नभएको छ। अग्रजलाई सम्मानअनुजलाई प्रोत्साहनभन्ने नारा सहितबिगत १३ वर्ष अघिदेखि आयोजना हुँदै आएको यस पटकको संस्करण काठमाडौंको बालुवाटारमा आयोजना भएको हो ।

उत्कृष्ट पाँचमा मनोनित भएका मध्येबाट सर्वोकृृष्ट घोषणा गर्दै गीतसंगीतका विभिन्न ३३ विधामा अवार्ड प्रदान गरिएको हो। सांगीतिक रौनकताका बिच भएको कार्यक्रममा नेपालका पहिलो उपराष्ट्रपति सम्माननीय परमानन्दझाको प्रमुख आतिथ्यता रहेको थियो।

म्यूजिक खबरको प्रस्तुति र शुभकामना मिडिया सोलुसनको आयोजनामा भएको कार्यक्रममा अवार्डका सल्लाहकार राधेश्याम लेकालीको सभापतित्व रहेको थियो। कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, पूर्वमन्त्री वरिष्ठ कवि तथा गीतकार एसपी कोइराला, वरिष्ठ लेखक निर्देशक मोहन निरौला, वरिष्ठ लेखक निर्देशक प्रकाश सायमी, वरिष्ठ संगीतकार शक्तिबल्लभ,सम्मानित गीतकार चूडामणि देवकोटा, गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापा, वरिष्ठ गायिका देविका बन्दना, गरिष्ठ गायक दुर्गा रायमाझी लगायत चलचित्र एवं गीतसंगीतका लब्ध प्रतिष्ठित व्यक्तित्वको उपस्थिति रहेको थियो।

अवार्ड समारोहमा नेपाली गीत–संगीतको विकासमा अनवरत योगदान पुर्‍याउँदै आएका सांगीतिक क्षेत्रका मूर्धन्य स्रष्टा प्रतिष्ठित संगीतकार संगीतरत्न शम्भूजीत बासकोटालाइै ‘म्यूजिकखबर दीर्घ साधना सम्मान– २०८२’ बाट सम्मानित गरियो । कार्यक्रमका प्रमुख अतिथि सम्माननीय पुर्व उपराष्ट्रपति परमानन्द झाले दोसल्ला ओढाएर सम्मानपत्र र आयोजकका तर्फबाट रु ५१ हजार सहित सम्मान अर्पण गरिएको अवार्डका अध्यक्ष सुमन पण्डितले बताए । संगीतकार बासकोटाको सम्मानमा गायिका टीका प्रसाईंले सांगीतिक प्रस्तुति दिएका थिए।

त्यसैगरी प्रतिष्ठित गीतकार उन्नती शीला बोहरालाई ‘म्युजिक खबर शब्द शीला बिशिष्ट सम्मान’ अर्पण गरियो । ३५ वर्ष लामो समयदेखि गीतसंगीत र साहित्यमा सेवा गरेवापत उनलाई सम्मान गरिएको हो। त्यस्तै, समारोहमा बरिष्ठ गीतकार विजय शिवाकोटीलाई ‘म्यूजिकखबर रजत संगीत सम्मान’अर्पण गरियो। नेपाली सांगीतिक क्षेत्रमा २५ वर्षभन्दा बढी समयदेखि पुर्‍याएको अतुलनिय योगदानको कदर गर्दै शिवाकोटीलाई सम्मानगरिएको हो।

यसैगरि म्यूजिक खबरका तर्फबाट हरेक वर्ष प्रदान गरिंदै आएको ‘म्यूजिकखबर दशक संगीत सम्मान’ यसपटक लोकप्रिय गायक शिव परियार र गायिका कालिका रोका मगरलाई अर्पण गरियो । समारोहमा गीतकारद्वय पुरुषोत्तम सानु र सुशिला पौडेललाई ‘म्यूजिक खबर युवा संगीत सम्मान’ बाट सम्मानित गरियो भने विदेशीभूमी अमेरिकामा बसेर पनि गीत लेखन मार्फत नेपाली सांगीतिक क्षेत्रमा योगदान पुर्‍याउँदै आएकी पुष्पा खनाललाई ‘म्यूजिक खबर डायस्पोरा संगीत सम्मान’बाट सम्मानित गरियो। त्यसैगरि पत्रकारद्वय कुवेर गिरी र गोपीकृष्ण चापागाईंलाई ‘म्यूजिक खबर संगीत पत्रकारिता सम्मान’बाट जनही ५५५५ रुपैयाँ राशी सहित पुरस्कृत भए।

त्यसैगरी प्रतिभाशाली बालकलाकार युनिश घिमिरेलाई ‘म्यूजिक खबर बालप्रतिभा सम्मान’द्वारा सम्मानित गरियो । त्यस्तै प्रवासमा रहेर पनि गायन क्षेत्रलाई आत्मसात गर्दै नेपाली गीतसंगीतमा योगदान पुर्‍याएवापत गायिका नीता आचार्यलाई डायस्पोरा गायन सम्मान प्रदान गरियो ।
त्यसैगरी गायन तथा संगीत क्षेत्रमा योगदान दिएका डा.रणजित झालाई म्युजिक खबर संगीतकर्मी सम्मान प्रदान गरियो भने प्राविधिक रुपमा पत्रकारिताका माध्यमले योगदान दिएका उदयराज शर्मालाई म्युजिक खबर संचारकर्मी सम्मान प्रदान गरियो ।

अवार्डको निर्णायकमा लोकप्रिय गीतकार लोकराज अधिकारीको संयोजकत्वमा वरिष्ठ गीतकार संगीतकार कस्तुप पन्त र लोकप्रिय गायिका देवी घर्ती लगायत रहेका थिए । विभिन्न कलाकारको संगीतिक प्रस्तुति सहित अवार्ड समारोह आयोजना गरिएको थियो। समारोहमा यसपटक गीत संगीत सम्बन्धिविभिन्न ३३ विधामा म्युजिकखबर म्युजिक अवार्ड प्रदान गरियो । यसपटकको म्यूजिक खबर म्यूजिक अवार्डमा सुगम संगीततर्फ गायक प्रविन बेडवाल र गायिका सारिका घिमिरे उत्कृष्ट गायक गायिका बन्न सफल भए ।

बेडवालले हृदयमा बोलको गीतबाट सुगम संगीत सर्वोत्कृष्ट गायकको अवार्ड उचालेका हुन् भने गायिका घिमिरेले गुन भुल्यौ बोलको गीतबाट सुगम संगीत गायिका विधाको अवार्ड उचालिन् । मुस्कान छैन आज गीतबाट गीतकार डम्बर याक्सोले सुगम संगीत सर्वोत्कृष्ट गीतकार घोषित भए भने सर्वोत्कृष्ट संगीतकारको अवार्ड मेरा सुरहरु गीतबाट शंकर थापा स्माइलले उचाल्न सफल भए। उत्कृष्ट महिला गीतकार दुखें धेरै दुख्न पुग्यो गीतबाट सरला श्रेष्ठ भइन् भने तेजस्वी अप्सरा गीतबाट उत्कृष्ट डायस्पोरा गीतकारको अवार्ड मनोज खड्काले चुम्न सफल भए। संगीत संयोजकको अवार्ड रात किन हुन्छ हजुर गीतबाट नरेन्द्र वियोगीले उचाल्न सफल भए।

सुगमसंगीततर्फ नै म्यूजिक भिडियो मोडलको अवार्ड तिमी आँखा म नानी गीतबाट झरना रिसालले चुमिन् भने मेरो जिन्दगीको बोलको गीतबाट सुरेश कोह्लीले सर्वोत्कृष्ट सुगम संगीत म्यूजिक भिडियो मोडल पुरुषको अवार्ड चुमे । म्युजिक भिडियो छायाँकारको अवार्ड ‘नमस्ते ढोगदियाँ गीतबाट अजय रेग्मीले चुमे भने’ भागौंला त्रिशुली तरेर भिडियोबाट पदम सुवेदीले, सम्पादनको अवार्ड चुमे। आगो लाइदिन्छु भिडियोबाट राहुल शाहले निर्देशनको अवार्ड, नरेश बिबीसीले ओइ नक्कले गीतबाट उत्कृष्ट ध्वनी सम्पादनको अवार्ड हासिल गरे।

युगलगायन तर्फको अवार्ड हो नि हो गीतबाट कर्णराज गिरी र कमला रेग्मीले अवार्ड चुम्न सफल भए भने उत्कृष्ट राष्ट्रिय भावको गीत अवार्ड बोलको गीतबाट हाम्रो देश गीतबाट सुरेन्द्र खड्काले उचाले । बादलपारी गीतबाट उत्कृष्ट पप गीतकारको अवार्ड धनबीर थापा मगरले चुम्न सफल भए । सर्वोत्कृष्ट पप संगीततर्फ संगीतकारको अवार्ड ओइ नक्कले गीतबाट अर्जुन पोखरेल, सर्वोत्कृष्ट पपगायन पुरुषको अवार्ड प्रिय जिन्दगीबाट.रविन श्रेष्ठ, सर्वोत्कृष्ट पपगायन महिला तर्फको अवार्ड इतिहासबाट आश्रा कुँवरले हासिल गरिन्।

यस्तै चलचित्रतर्र्फ चलचित्र लाज शरणमको च्यातिएको चोली गीतबाट सुरज पण्डित, र चलचित्र ऊनको स्वीटरको फकाउँछ काफ्ले गीतबाट झुमा लिम्बु सर्वोतकृष्ट पाश्र्व गायक गायिका घोषित भए । चलचित्र एन्जिलाको रात किन हुन्छ हजुर गीतबाट थानेश्वर गौतम सर्वोत्कृष्ट संगीतकार बन्न सफल भ एभने चलचित्र ऊनको स्वीटरको फकाउँछ काफ्ले गीतबाट युवराज काफ्ले सर्वोत्कृट चलचित्र गीतकार बन्न सफल भए।

लोकदोहोरी तर्फ सर्वोत्कृष्ट लोकदोहोरी गायकको अवार्ड दुःख साटम्ला गीतबाट अर्जुन सापकोटाले चुम्न सफल भने नौली हदेली गीतबाट लक्ष्मी आचार्य सर्वोत्कृष्ट लोक दोहारी गायिकाको अवार्ड चुम्न सफल भइन् । लोकदोहोरी भाकातर्फको अवार्ड जाम भो हिंड रेलैमा सलल गीतबाट नवीन परियार, सर्वोत्कृष्ट लोकदोहोरी शब्दको अवार्ड सरर गीतबाट प्रसाद लामिछानेले चुम्न सफल भए।

म्यूजिक भिडियो मोडलतर्फ करिमैले गीतबाट अभिनेता पल शाह र मोडल नारायणी खत्रीले अवार्ड चुम्न सफल भए। तिम्रै माया लाउँछ नि गीतबाट दीप गुरुङले सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरीको अवार्ड चुम्न सफल भए। लोकदोहोरी नवप्रतिभातर्फको अवार्ड देखाउनलाई होइन नि माया गीतबाट रेखा पोख्रेल र तिम्रो मनमा कुन छ गीतबाट मनोहर शर्माले चुम्न सफल भए। त्यस्तै सर्वोत्कृष्ट कल्चरल गीत गायिकातर्फ गुल्मी चन्द्रकोट गीतबाट सुशीला गौतमले अवार्ड चुम्न सफल भइन्।

त्यसैगरी जुरी अवार्ड गीतकारतर्फ कल्याण श्रेष्ठ– यादहरु दुखिरहन्छ, जुरी अवार्ड राष्ट्रिय भाव गीतकारतर्फ राजनीति भनेको त– पारसमणि बराल, क्रिटिक्स अवार्ड पप गायनतर्फ सुनिल उप्रेती – सागरझैं गहिरो,जुरी अवार्ड गीतकार आधुनिक केशव भट्टराई– धमिलियो आकाश आज, जुरी अवार्ड गायक छिरिङ भुटिया– पहाडी बाटो जुरी अवार्ड संगीतकार बीबी अनुरागी– फूलको आफ्नै कथा छ गीतबाट चुम्न सफल भए। चर्चित उद्घोषकद्वय मन्जु पौडेल र निराजन भण्डारीले सञ्चालन गरेको सो अवार्ड समारोहमा कलाकारहरू पल शाह र नारायण खत्री, टीका प्रसाई, देवान खनाल, धिरज राई, युनिश घिमिरे लगायतले सांगीतिक प्रस्तुति दिएका थिए।

Leave A Reply

Your email address will not be published.